• निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थलमा

    November 27, 2019     10:05 pm

    दाङ । जिल्ला निर्वाचन कार्यालय दाङले मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थलमा बुधबार पठाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर बिदाइ गरिएको हो । आज नै कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् । कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटिका, मतपत्र, आवयश्क पर्ने अन्य सामग्री प्रदान गरेर पठाइएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । जिल्लामा हुने उपनिर्वाचनमा ३४ मतदानस्थल र ८२ मतदान केन्द्र छन् ।

    प्रत्येक मतदान केन्द्रमा पाँच जना कर्मचारी र स्वयंसेवक रहने भएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा दुई स्थानमा उपनिर्वाचन हुँदैछ । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं ३ ९ख० मा उपनिर्वाचन हुँदैछ भने घोराही उपमहानगरपालिकाको वडा नं १६ मा उपनिर्वाचन हुँदैछ ।

    मङ्सिर १४ गते हुने निर्वाचनमा ७३ हजार १७२ जना मतदाता छन् । महिला ३७ हजार ३०५, पुरुष ३५ हजार ८६६ तथा एक जना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिकाको वडा नं १६ मा चार हजार ४५३ जना मतदाता छन् । प्रदेशसभा निर्वाचनअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं १, २, १०, ११ मा १६ हजार ७१ मतदाता रहेका छन् । त्यस्तै दङ्गीशरण गाउँपालिकामा १५ हजार ६९६, बबई गाउँपालिकामा १८ हजार ८४९ र शान्ति नगरगाउँपालिकामा १८ हजार १३ मतदाता छन् ।

    उपनिर्वाचन हुने क्षेत्रका छ मतदान केन्द्र अति संवेदनशीलमा राखिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन क्षेत्र ३ ‘ख’ का छ वटा मतदान केन्द्र सुरक्षा दृष्टिले अति संवेदनशीलमा राखेको हो । जिल्लाका ३४ मतदान केन्द्रमध्ये छ वटा केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।