• उमेरमाथि को टिप्पणीले काँग्रेसका उम्मेदवारको उचाई वढेको : रिजाल

    November 27, 2019     9:46 pm

    पोखरा, ११ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की २ का काँग्रेसका चुनावी कमाण्डर डा.मिनेन्द्र रिजालले खेमराज पौडेललाई सांसद वनाएर संसदमा लिएर जाने दावी गरेका छन् । नेपाल प्रेस यूनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै रिजालले भ्र’ष्टाचार, व’लात्कार र महंगी विरुद्ध कास्कीका जनताले रुखमा मतदान गर्ने दावी गरे । यो पटक पक्कै जित्छौ उनले भने, यसपटक संसद वनाएर नै लिएर जान्छु ।

    ने.क.पा ले आयोजना गरेको चुनावी सभामा काँग्रेसका उम्मेदवारको उमेरमाथि को टिप्पणीले काँग्रेसका उम्मेदवारको उचाई वढेको दावी गरे । उनले भने ८० वर्षका स्व.गिरिजा प्रसाद कोइरालाले प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याएकाले संसदमा पनि पाको उमेरका पौडेलको आवश्यकता महसुस गरेको घुमाउरो टिप्पणी गरेका हुन । प्रचण्डले स्व.गिरिजाको स्मरण गर्दै पौडेलको आवश्यकता महसुस गरेको उनको भनाई थियो । दुई हप्तादेखि निर्वाचनको तयारीका लागि पोखरा रहेका नेता रिजालले खेमराज निष्ठाको सगरमाथा भएकाले सवैले रुचाएको उल्लेख गरे ।
    कम्यूनिष्ट सरकारले संवैधानिक परिषदमाथि हस्तक्षेप गरेर लोकतन्त्रलाई सिद्धाउने खेलमा लागेको वताए । संविधान र लोकतन्त्रलाई जोगाउनका लागि पनि उपनिर्वाचनमा काँग्रेसको जीतेको सन्देश जानु आवश्यक छ । उनले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठने गरी कुनैपनि गतिविधी नगर्न निर्वाचन आयोग र सरकारलाई चेतावनी दिएका छन । उनले भने तिनै तहका निर्वाचन काँग्रेसको नेतृत्वमा सम्पन्न भयो तर कसैले औलो ठडाउन सकेन । उनले भने आफु हार्ने जान्दा जान्दै पनि काँग्रेसले निष्पक्ष निर्वाचन गराएको वताए ।

    नेपाल प्रेस यूनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदिप पौडेलले संचालन गरेको थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।