• सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने

    November 25, 2019     8:27 pm

    काठमाडौ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । सन्दीपले स्वास्थ्यका कारण साग नखेल्न लागेका हुन् । सोमबार दुबै आँखाको सामान्य श’ल्यक्रिया गरेका सन्दीपलाई डाक्टरले १५ दिन आराम गर्न सुझाएको सन्दीपमा म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।

    सन्दीपको तिलगंगा अन्तर्राष्ट्रिय अस्पतालमा दुवै आँखाको श’ल्यक्रिया गरिएको छ । सन्दीप तीनसाता पछि खेलमा फर्कने पनि बताइएको छ । साग क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल मंसिर १७ गते श्रीलंकासँग खेल्ने भएको हो ।

    नेपालले दोस्रो खेल मंसिर १९ गते भुटान, २० गते माल्दिभ्स र २१ गते बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा खेलाइने खेलमा शीर्ष दुई टोलीबीच फाइनल भी’डन्त हुनेछ । पुरुष क्रिकेट टीयू मैदान कीर्तिपुरमा हुनेछ । साग क्रिकेटमा बलिया टोली भारत र पाकिस्तानले भाग लिएका छैनन् ।- राताेपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।