• मुलकले कम्युनिष्ट अतिवाद र अधिनायकवाद थेग्न सक्दैन ः नेता सिंह

    November 25, 2019     7:55 pm

    पोखरा, ९ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फेरि पनि कम्युनिष्टले नै चुनाव जिते मुलुक भ’ड्खारोमा गएर जाकिने बताएका छन् । कम्युनिष्ट अ’तिवाद र अ’धिनायकवाद अब थेग्न नसक्ने भन्दै उनले मुलुकलाई त्यसबाट मुक्त गर्न कांग्रेसलाई जिताउन आग्रह गरे । सोमबार पोखरामा आयोजित चुनावी सभामा नेता सिंहले कालापानी र लिपुलेकमा गएर लम्पसार परेको ओलीको राष्ट्रवादले मुलुकले धेरै वर्ष दुः’ख पाउने टिप्पणी गरे ।

    ‘सीमा वि’वादमा प्रतिपक्षी कांग्रेसले धेरै बोल्यो, जनता आन्दोलनमा उत्रिएर सडकमा आइसक्दा पनि प्रधानमन्त्री ओलीजी झिना मसिना कुरा भन्दै बसिरहनुभएको छ’, उनले भने, ‘उहाँको खोक्रो राष्ट्रवाद अब जनताले पत्याउदैनन् ।’ यतिबेला विश्वको ध्यान कास्की–२ मा रहेको भन्दै उनले यस क्षेत्रबाट कांग्रेसले चुनाव जितेर देश विदेशमा सकारात्मक सन्देश दिन चाहेको बताए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस बसेको हाती भएको भन्दै उठेर मुन्टोमात्र हल्लाउने हो भने सबै तितरवितर हुने बताए । उनले राष्ट्रियताको विषयमा कांग्रेसलाई कसैले पाठ सिकाइरहन आवश्यक नपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीसंग सिधा वार्ता गरेर देखाउन चुनौती दिए ।

    विकास र समृद्धिका जति ठूला र खोक्रा भाषण गरे पनि नेपाल कांग्रेसकै पालामा बनेको गोरेटोमा अघि बढिरहेको भन्दै प्रवक्ता शर्माले ओली सरकार का’ण्डै का’ण्ड मच्चाउन उद्धत रहेको बताए ।
    उनले कास्की–२ सहित सबै क्षेत्रबाट कांग्रेसलाई जिताएर लोकतन्त्रको पक्षमा सरकारलाई ल्याउन आवश्यक रहेको उनले बताए । ‘सरकारका २१ महिनामा देखिने र चर्चा गर्न लायक कुनै पनि काम छैनन् । कुर्चीमा बसेरमात्र समृद्धिको भाषण मात्र नखोक्दा हुन्छ’, उनले चुनौती दिंदै भने, ‘सरकारले कम्तिमा निर्मला पन्तको ह’त्यारा समातेर कार्वाही गरेर देखावस् । कम्तिमा वाइडवडीको का’ण्ड सही के हो बाहिर ल्याउने हिम्मत गरोस् ।’

    पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली कांग्रेसको मुख्य श’त्रु भ्र’ष्टाचार, ब’लात्कार, हिं’सा र लम्प’सारवाद भएको बताए । उनले जनता करैकरको थुप्रोमा थि’चिएर स्वास फेर्न पनि नसक्ने अवस्थामा पुगेको भन्दै यसबाट मुक्ति पाउन पनि कांग्रेसले चुनाव जित्नुपर्ने स्पष्ट पारे । उनले कांग्रेसले कर होइन करको दायरा फराकिलो बनाउने नीति लिएको बताए । कांग्रेस नेता देवराज चालिसेले यो चुनाव यो चुनाव पार्टी–पार्टी, उम्मेदवार–उम्मेदवार बीचको होइन भ्र’ष्टाचारी सरकार–जनताबीचको ल’डाइँ भएको बताए । उनले भ्र’ष्टाचारी सरकारलाई परास्त गर्न र लोकतन्त्रको रक्षा गर्नका लागि यो चुनाव निकै महत्वपूर्ण भएको स्पष्ट पारे ।

    उम्मेदवार खेमराज पौडेलले संविधान, राष्ट्रियता र लोकतन्त्र रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी भएको भन्दै आफूले जनता सामू गरेका वाचा कहिल्यै नभुल्ने बताए । कार्यक्रममा पूर्व मन्त्री भीमसेनदास प्रधान, कास्की कांग्रेस सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, महिला नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधु, पोखरा–११ का वडा इकाइ सभापति बोधराज घिमिरे, सचिव वसन्त कोइराला लगायतले बोलेका थिए ।

    सकियो मतदाता भेटघाट: नेपाली कांग्रेस कास्कीले क्षेत्र नं. २ का सबै मतादातसंगको भेटघाट सकिएको जनाएको छ । ३ चरणमा चुनाव प्रचार अभियान चलाएको कांग्रेसले पहिलो, दोस्रो र तेस्रो चरणमा मतदाता भेटघाट पूरा गरेको जनाएको छ । एक पटक सबै मतादातसंग भेट गरी मतदाताका गुनासो सुन्ने र पार्टीको धारणा स्पष्टसंग राख्ने काम भएको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार अब चुनावीसभामार्फत पार्टीको प्रतिवद्धता सार्वजनिक गरिनेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।