• कास्कीको चुनाव २ हजार ४ सय मत अन्तरले जित्छौं ः प्रवक्ता शर्मा

    November 25, 2019     3:15 pm

    पोखरा, ९ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की–२ को चुनाव २ हजार ४ सय मत अन्तरले कांग्रेसले जित्ने दावी गरेका छन् । चुनावी प्रचारका लागि आइतबार पोखरा आएका प्रवक्ता शर्माले नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दावी गरेका हुन् । ‘सबै प्रकारले हेर्दा २ हजार ४ सय मतले हामी चुनाव जित्छौं । यो निकै तीव्र प्र’तिस्पर्धी मत भएकाले यसलाई बढाउन प्रयत्नशील छौं । म पनि पोखरा आइपुगेको छु’, उनले भने । प्रवक्ता शर्माले कास्कीको चुनाव जित्ने आधार समेत प्रस्तुत गरे ।

    ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह, कम्युनिष्टले विगतमा बाँडेका सपना पूरा हुन नसकेको, कम्युनिष्ट सरकारले गरेका ग’लत काम सच्याउने अवसर, निष्ठावान र लोकप्रिय उम्मेदवार, कांग्रेसका नेताहरूको बीचमा एकता, कास्कीबाट देशलाई दिने सन्देश नै कांग्रेसले चुनाव जित्ने मुख्य आधार हुन्’, उनले भने । यसै प्रसंगमा प्रवक्ता शर्माले मान्छे बुढो हुँदैमा सांसद बन्न नपाउने भन्ने नभएको टिप्पणी गरे । उनले भने, ‘डोनाल्ड ट्रम्प ७० वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति बन्नुभयो । प्रधानमन्त्री ओली पनि ७० वर्ष आसपासमै हुनुहुन्छ ।’ उम्मेदवार खेमराज पौडेलको उमेरको सवाल भन्दा उहाँले दिने सन्देश महत्वपूर्ण हुने उनले स्पष्ट पारे । आफू चुनाव प्रचार अभियानमा लाग्दै गर्दा दशैभर कांग्रेसको पक्षमा लहर आएको समेत उनले दावी गरे ।

    उनले राष्ट्रिय एकताका विषयमा आन्तरिक झ’गडा होइन, सबै एकैठाउँमा उभिएर स’मस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । ‘यो हाम्रा लागि ऐतिहासिक अवसर हो । सरकारले यथाशीघ्र कुटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ’, उनले भने । उनले सरकार र कम्युनिष्ट पार्टीका नेताहरूले सीमा वि’वादको जवाफ कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवासंग होइन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग माग्नुपर्ने बताए ।

    उनले भारतले आफ्नो नक्सा सार्वजनिक गरिरहेको अवस्थामा नेपालले पनि छिटो भन्दा छिटो आफ्नो आधिकारिक नक्सा सार्वजनिक गर्नेुपर्ने खाँचो औंल्याए । उनले सीमाको सवालमा सत्तापक्ष, प्रतिपक्ष र जनता सबै एकठाउँमा आएको अवस्थामा स’मस्या समाधान गर्नमा ढिलाई गर्न नहुने बताए । उनले सीमा स’मस्या समाधान नभएसम्म कांग्रेसले खबरदारी गरिरहने स्पष्ट पारे । स्व. रवीन्द्र अधिकारी गणतन्त्रवादी हुन् कांग्रेस प्रवक्ता शर्माले पूर्व पर्यटन मन्त्री रवीन्द्र अधिकारीको नि’धनसंगै आफूले घनिष्ट मित्र गु’माउन पुगेको बताए । आफू नेविसंघ र रवीन्द्र अनेरास्ववियुको अध्यक्ष बनेर संगगंगै सहकार्य गरेर अघि बढेको स्मरण गरे ।

    ‘रवीन्द्र अधिकारी एउटा इमान्दार गणतन्त्रवादी नेता हो, वंशवादी होइनन् । उनी वंशवादमा पनि विश्वास गर्दैनन् र एउटा मान्छे, एउटै जीवनमा एकैसाथ गणतन्त्रवादी र वंशवादी हुन सक्दैनन्’, उनले भने । उनले उम्मेदवार विद्याले स्व. रवीन्द्रको उत्तराधिकारी भनेर आफूलाई प्रस्तुत गर्न नमिल्ने टिप्पणी गरे ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।