• मङ्सिर १२ गते मिस्टर नेपालको पोखरा अडिसन

    November 25, 2019     12:54 pm

    पोखरा । मिस्टर नेपाल २०१९ को पोखरा अडिसन आँउदो मङ्सिर १२ गते हुने भएको छ । आयोजक एक्स्पोज नेपालले पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी दिएको हो । अडिसन पोखराको सभागृहचोकमा रहेको मुग्लान रेष्टुरेन्टमा मध्यान्ह २ बजेदेखि सुरु हुने प्रतियोगिताका पोखरा संयोजक आशिष पुरीले जानकारी दिए ।

    प्रतियोगितामा १७ वर्ष देखि ३२ वर्ष सम्मका युवाहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । अडिसनका लागि रु एक हजार दर्ता शुल्क तोकिएको छ । कार्तिक ३० गतेदेखि प्रतियोगिताका अडिसनहरु काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, धनगढी, इटहरीलगायतका शहरहरुमा हुँदैछन् । पत्रकार सम्मेलनमा गएको संस्करणका विजेता विकल्पराज श्रेष्ठले प्रतियोगिताले व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए ।

    प्रतियोगिता अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नका लागि राम्रो अवसर बन्ने बताउँदै उनले अडिसनमा सहभागि हुन पोख्रेली युवाहरुलाई आह्वान गरेका छन् । प्रतियोगिताका विजेता र रनरअपले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।