• ‘जीनवशैली’ थिममा १६ युवतीहरुले आकर्षक पहिरनमा क्याटवाक

    November 23, 2019     8:08 pm

    नेपाली उत्पादन प्रवद्धन गर्दै पोखरामा फेसन सो अल्लो, सिल्क, पस्मिनाका आकर्षक पोशाकमा क्याटवाक नेपालमै उत्पादन भएका अल्लो, सिल्क, पस्मिना, कटनका कपडाबाट बनाइएका आकर्षक डिजाइनका पोशाकमा पोखराको लेकसाइडमा फेसन सो भएको छ । आर एन्ड आर ग्रुपको आयोनामा नेपाली कपडा उत्पादन गर्ने बिभिन्न उद्योगको प्रवद्धन गर्ने उद्देश्यका साथ पोखरामा शुक्रवार राति फेसन सो भएको हो । पोखराको लेकसाइड स्थित होटल स्विस इन्टरनेशनल होटल सरोवरमा आयोजना भएको फेसन सो कार्यक्रममा युवतीहरु आकर्षक पहिरनमा सजिएका थिए ।

    ‘जीनवशैली’ थिममा भएको फेसन सोमा काठमाण्डौं, पोखरा र धनगदीका १६ युवतीहरुले आकर्षक पहिरनमा सेतो कारपेटमा क्याटवाक गरे । नेपाली उद्योगले उत्पादन गरेका कपडामा ¥याम्पमा उत्रन पाउँदा निकै खुशी लागेको फेसन सोमा सहमागी युवतीहरुले बताएका छन् । नेपाली उत्पादनका कपडाको प्रवद्धन गर्न फेसन सो आयोजना गरिएको आर एन्ड आर ग्रुपका अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् । विगत एक दशक देखि विभिन्न इभेन्ट तथा फेसन सो आयोजना गर्दै आएको ग्रुपले काठमाण्डौं बाहिरका विभिन्न शहरमा फेसन सो आयोजना गर्ने क्रममा पोखरामा दोस्रो पटक फेसन सो गरेको हो ।

    भिजिट नेपाल २०२० लाई प्रवद्धन समेत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताइन् । भद्र र आकर्षक पहिरनमा युवतीहरुले नेपाली उत्पादनका बिभिन्न डिजाइनका कपडामा सजिएर ¥याम्प नापे । फेसन सोमा पुगेकी गण्डकी प्रदेश सांसद मिना गुरुङले आजै देखि दैनिक कुनै न कुनै नेपाली उत्पादन लगाउने प्रतिवद्धता ब्यक्त गरेकी थिइन् । फेसन सोमा कपडा उत्पादक कम्पनी सभा नेपाल, ग्रीफ्ट, दि सेरि वल्ड, चर्खा पस्विना , एकादेशमा जस्ता कपडा उत्पादन गर्ने कम्पनीले उत्पादन गरेका अल्लो, सिल्क, कटन, पस्मिना लगायतका कपडाका आकर्षक डिजाईनमा सबै सिजनमा लगाउन मिल्ने आकर्षक पोशाकमा युवतीहरु सजिएका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।