• मोबाइल हरायो ? एक मिनेटमै यसरी पत्ता लगाउनुहोस्

    November 22, 2019     1:04 pm

    काठमाडौं ५ मंसिर । मोबाइल आजभोलि अत्यावश्यकीय बस्तु जस्तै बनेको छ । हरेक मानिसको हातहातमा मोबाइल छ । त्यसमा पनि एन्ड्रोइड र आइओएस सफ्टवेरयका महंगा मोबाइलको प्रयोग बढ्दो छ । १० हजार भन्दा माथि देखि लाखौं मूल्यको मोबाइल फोनहरु बोक्नेको मानिसको संख्या निकै धेरै रहेको छ ।

    मोबाइल फोन कहिलेकाँही असावधानीका कारण कहि कतै छुट्न वा हराउन सक्छ । मोबाइल हराएर तनाव लिनु भएको छ भने हराएको मोबाइल खोज्न सकिन्छ । यसका लागि तपाइले केही काम गर्नु पर्ने हुन्छ । यसका लागि हामीले केही उपायहरु सुझाएका छौं–

    १. सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।

    २. त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।

    ३. यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।

    मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमइआइ नम्बर तपाईले सुरक्षित गर्नु भएको छ भने हराएको मोबाइल खोज्न सहज हुन्छ ।

    यसरी खोज्नुहोस्


    यसबाट मोबाइल कहाँ र कसले प्रयोग गरेको छ भन्ने पत्ता लाग्ने भएकोले मोबाइल चोरीदेखि लिएर विभिन्न अपराधिक क्रियाकलाप रोक्न प्रहरीलाई सहज हुनेछ ।

    तपाईले कसैको मोबाइल भेट्नु भएको छ र फिर्ता नदिने सोच्नु भएको छ भने त्यस्तो गल्ति नगर्नुहोस् किनकी तपाई प्रहरी खोरमा पर्नसक्नु हुनेछ ।

    iPhone का प्रयोगकर्ताले iCloud को मद्दतमा हराएको डिभाइस खोज्न सक्दछ।खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।