• राजधानी ‘सफाचट’ पार्ने ब्रुमर,को उद्घाटन

    March 26, 2019     10:29 pm

    पोखरेली न्युज १२ चैत /
    काठमाडौं महानगरपालिकाले राजधानीलाई धूलोमुक्त बनाउने उद्देश्यले ५ वटा ब्रुमर भित्र्याएको छ ।

    मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गरेका हुन् ।

    महानगरपालिकाले ११ करोड ८० लाखमा इटालीबाट खरिद गरेर ब्रुमर ल्याएको हो ।

    उद्घाटनपछि राष्ट्रिय सभागृह परिसरमै ब्रुमरले धूलो टिप्न लाग्दा एकाएक पानी परेपछि माहोल रोचक बन्न पुगेको थियो । पानी परेपनि सभागृह परिसरमै ब्रुमर लगाएर धूलो टिप्नेबारे जानकारी गराइएको थियो ।
    महानगरका अनुसार आफ्नो क्षेत्राधिकारभित्र पर्ने ८ मिटरभन्दा कम चौडाका सडक सफा गरिनेछ ।

    सडक विभागसँगको समन्वयमा मुख्य सडकमा समेत ब्रुमर सञ्चालन हुनेछन् ।

    सुन्धारा, टुँडीखेलआसपास, दरबारमार्ग, कलंकी, बल्खु, कालीमाटी, टेकु,थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट, पुतलीसडक, सिंहदरबार, हात्तीसार, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, त्रिपुरेश्वर, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर,सीनामंगललगायतका स्थानमा ब्रुमर सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

    ब्रुमर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानपरका प्रमुख विद्या सुन्दर शाक्यले सडक सफा पार्ने ब्रुमर ल्याउँनको लागि महानगरपालिकाले दुई वर्ष पहिलानै योजना अगाडि बढाए पनि विभिन्न कारणले गर्दा ढिला भएको बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।