• के वास्तवमै भाग्यले सबैकुरा हुन्छ ? धार्मिक ग्रन्थको तथ्य यस्तो छ पूर्वजन्मको कर्मको फल यो जन्ममा !

    November 21, 2019     12:41 pm

    सामान्यतय भन्ने गरिन्छ, आज हामी जे जस्तो फल भोग गरिरहेका छौं ती सबै हाम्रो पूर्वजन्मको कर्मकै कारण हुन्छ । तर, यो कुरा पूर्णतय सत्य छैन । समाजमा यस्ता कुराप्रति विश्वास हुनु भनेको यसमा केही अंशमा सत्यता हुन सक्छ । तर समाजमा यस्ता धारणा प्रचलित हुन्छन् र यस्तै धारणाका कारण हिन्दू धर्मलाई भाग्यवादीहरूको धर्म मानिन्छ । यसै धारणाका कारण के समेत भन्न थालिन्छ भने, उसोभए हामीले कर्म गर्ने नै के का लागि ? जब सबै कुरा पूर्वजन्ममै निर्धारित एवं निश्चित छन् भने किन कर्म गर्नु रु तर समाजमा यस्तो धारणा किन प्रचलित हुन्छ भने अधिकांश मानिसले कर्म सिद्धांत पूर्ण रूपमा बुझ्न सकेका छैनन् ।

    के भन्छ धर्मशास्त्र ? धर्मशास्त्र एवं नीतिशास्त्रहरूमा प्रस्ट रूपमै भनिएको छ कर्म बिना गति छैन । सनातन धर्म भाग्यवादीहरूको धर्म होइन । कर्मबाटै भाग्यको जन्म हुन्छ । हाम्रा महान् ग्रन्थ वेद, उपनिषद र गीता – तीनवटैले कर्मलाई कर्तव्य बताएका छन् र कर्मकै महत्व बखान गरेका छन् । कर्म नै पुरुषार्थ हो । श्रेष्ठ एवं निरन्तर कर्म गर्नाले वा उचित मार्गमा सक्रिय बनिरहनाले पुरुषार्थ फलित हुन्छ । चारवटै वेदको उद्घोष छ स् समयले तिमीलाई बदल्नु पूर्व नै तिमी आफैंले स्वयं वा समयलाई बदल, यही नै कर्मको मूल सिद्धान्त हो । अन्यथा तिमीले प्रकृति वा अरूका अनुसार नै जीवन बिताउनुपर्ने हुन्छ ।

    कर्म मानिसको प्रवृत्ति : मानिस निरन्तर कर्म गरी नै रहन्छ । सुतेको व्यक्तिले पनि कर्म गरिरहेको हुन्छ । कर्मको सम्बन्ध हाम्रो शरीर, मन, मस्तिष्क एवं चित्तको गतिसँग छ । गति कहिल्यै पनि रोकिँदैन । रोकिनुमा पनि एक किसिमको गति छ। यसै कर्म गतिबाट नै पछिल्लो कर्मको गति निर्मित हुन्छ । केही कर्म त्यस्ता छन् जसको फल चमत्कारको रूपमा देखा पर्छन् ।

    धर्मशास्त्रहरूमा मुख्यतय छ प्रकारका कर्मको उल्लेख पाइन्छ १। नित्य कर्म (दैनिक कार्य), २।नैमित्य कर्म (नियमशील कार्य) ३।काम्य कर्म (कुनै उद्देश्यले गरिने कार्य) ४। निष्काम्य कर्म (बिना कुनै स्वार्थ गरिने कार्य) ५। सन्चित कर्म (प्रारब्धबाट आएको कार्य) ६। निषिद्ध कर्म (गर्न नहुने कार्य) । वर्तमान समयमा जुन कर्म गरिन्छ त्यसलाई क्रियमाण कर्म भनिन्छ । अधिकांश मानिस प्रारब्ध कर्मको निन्दा गर्दै भन्छन्, यो त हिन्दू धर्मको भाग्यवादी एवं अकर्मण्यताको विचारधाराबाट उत्पन्न विचार हो। यसले मानिसलाई निकम्मा बनाउछ । तसर्थ प्रारब्ध कर्म भनेको के हो त्यो जान्नु आवश्यक छ ।

    के हो प्रारब्ध कर्म ? मानिसले सोच्नु, हेर्नु, सुन्नु, बुझ्नु, रुनु, हास्नु तथा अन्य जेसुकै काम गर्छ, ती मध्ये केही उसको बानी बनेर जम्मा वा संचित हुन थाल्छ र यसरी संचित अर्थात संग्रहित कर्मलाई संचित कर्म भनिन्छ । बारम्बार एउटै कर्म वा काम गर्दा त्यो कर्म वा काम स्टोर हुन्छ । मृ’त्युपछि यही संचित कर्मको केही भाग अर्को जन्ममा पनि साथै जान्छ । त्यही भाग प्रारब्ध कहिन्छ । जस्तो, कुनै व्यक्तिको अघिल्लो जन्ममा एउटा खुट्टा भाचिएको थियो । अनि उसले उक्त जन्ममा लगभग दश वर्ष एउटै खुट्टा लिएर बिताएको रहेछ भने यो जुनीमा पनि आफ्नो एक खुट्टाप्रति उसमा अनौठो स्थिति रहन्छ , उसको अवचेतन मनमा मेरो खुट्टा एउटै मात्र छ भन्ने परेको हुन्छ । जब कि उसको चेतन मनलाई यो कुरा थाहा हुँदैन । श्रेष्ठ एवं निरन्तर कर्म गर्नाले वा उचित मार्गमा सक्रिय बनिरहनाले पुरुषार्थ फलित हुन्छ । तर पूर्वजन्मको बानी कारण उसको एउटा खुट्टा अर्कोको तुलनामा बढी सक्रिय रहन्छ । यो कुराको महसुस अचम्मको हुन्छ । अनि अर्को कुरो, कुनै व्यक्ति अघिल्लो जन्ममा कुनै घटना, दु’र्घटना आदिका कारण अका’लमा म’रेको छ भने ऊ निश्चय पनि त्यस खालको परिस्थिति आइलाग्दा ड’राउछ जुन परिस्थितिमा उसको मृ’त्यु भएको हुन्छ । हिन्दू दर्शनअनुसार, मृ’त्युपछि मानिसको भौतिक शरीर मात्र नष्ट हुन्छ, सूक्ष्म शरीर जन्म (जन्मान्तर आत्माको साथ रहन्छ । यही सूक्ष्म शरीर नै जन्म(जन्मांतरको शुभ(अशुभ संस्कारोंहरूको वाहक वा संग्राहक हुन्छ ।

    पुनर्जन्म र कर्म सिद्धान्त स् यहूदी तथा त्यसकै मूलबाट विकसित इस्लाम एवं इसाई धर्म पुनर्जन्मको धारणा मान्दैनन् । उनीहरूका अनुसार मरेपछि सबैलाई कयामतको दिन जगाइन्छ अनि उनीहरूको राम्रो र नराम्रो कर्म गणना गरेर न्याय गरिन्छ । यी धर्महरककक अनुसार मर’णोपरांत आत्मा कब्रमा विश्राम गर्छन् र आखिरी दिन ईश्वरको आदेशमा उनीहरूलाई उठाइन्छ अनि उनीहरूको फैसला हुन्छ । तर हिन्दू धर्मको यस्तो मान्यता छैन । हिन्दू धर्म पुनर्जन्ममा विश्वास राख्छ । यसको अर्थ आत्मा जन्म एवं मृ’त्युको निरंतर पुनरावर्तनको शिक्षात्मक प्रक्रियाबाट गुज्रदै आफ्नो पुरानो शरीर छोड्दै नया शरीर धारण गर्छ । जन्म र म’त्युको चक्र तबसम्म चलिरहन्छ जबसम्म आत्माले मोक्ष प्राप्त गर्दैन ।

    कसरी प्राप्त हुन्छ त मोक्ष ? मोक्ष प्राप्तिको मार्ग कठिन छ । वेद र उपनिषदको भनाइ छ स् शरीर छोडेपछि पनि मानिसको सारा कर्मको क्रम जारी नै रहन्छ । यो संसारमा रहँदा जे जे गरिन्छ त्यो अर्को शरीर प्राप्त भएपछि पनि केही अंशमा साथ रहन्छ । मानिसले दुस्ख, चिन्ता, क्रो’ध र उत्ते’जना संचित गरेको छ भने अर्को जन्ममा पनि त्यही नै प्राप्त हुन्छ किनभने त्यही बानी उसको स्वभाव बनेको हुन्छ । श्रीमद्भगवद्गीताको दोस्रो अध्यायको २२ औं श्लोकमा भनिएको छ( जसरी मानिस पुरानो वस्त्र त्यागेर गया वस्त्र धारण गर्छ उसैगरी जीवात्मा पनि पुरानो शरीर छोडेर नया शरीर धारण गर्छ । यसैगरी गीताकै चौथो अध्यायको पाँचौं श्लोकमा कृष्ण भन्छन्, हे अर्जुन ! मेरो र तिम्रो अनेक जन्म बितिसकेको छ। मलाई ती सबै जन्मको ज्ञान छ तर हे परंतप ! तिमीलाई त्यस बारेमा कुनै ज्ञान छैन।

    के हो जन्म चक्र ? पुराणहरूमा उल्लेख भएअनुसार व्यक्तिको आत्मा प्रारंभमा अधोगति भएर रुख, बिरुवा, कीट(पतंग, पशु(पक्षी आदि यो’निमा विचरण गर्दै माथि उठ्छन् र अन्तमा मनुष्य यो’निमा प्रवेश गर्छन् । मानिसले आफ्नो प्रयासबाट देवता बन्ने हैसियत राख्छ । त्यहाँबाट पतन भएपछि ऊ पुनस् मनुष्य वर्गबाट गिर्छ । यो क्रम निरन्तर चलिरहन्छ ।

    प्रारब्ध के हो ? यसलाई भाग्य पनि भन्ने गरिन्छ । यसकै कारण मानिसलाई उसको कर्मअनुसार जीवन प्राप्त हुन्छ र उसले आफ्नो कर्म अनुसारको फल भोग्छ । यही नै कर्मफलको सिद्धांत हो। ‘प्रारब्ध’ को अर्थ हो, पूर्वजन्म अथवा पूर्वकालमा गरिएको राम्रो र नराम्रो काम जसको फल वर्तमानमा भोग्नुपर्छ । विशेषतः यसको दुई मुख्य प्रकार छ स संचित प्रारब्ध र क्रियमान प्रारब्ध । पूर्व जन्महरूमा गरिएको कर्मको फल संचित प्रारब्ध हो भने यसै जन्ममा गरिएको कर्मको फल क्रियमान प्रारब्ध हो। यी दुईका अतिरिक्त अनिच्छा प्रारब्ध, परेच्छा प्रारब्ध र स्वेच्छा प्रारब्ध पनि छन् । प्रारब्ध कर्मको परिणाम नै भाग्य वा किस्मत हो । पूर्वजन्म र कर्मको सिद्धांत बुझ्नु जरूरी छ ।

    संस्कार के हो ? संस्कार भनेको मानिसले जति पनि राम्रा र नराम्रा काम गरेको छ त्यो र नराम्रो बानी। संस्कार मानिसको पूर्वजन्महरूबाट मात्र आउदैन, माता(पिताको संस्कार पनि र’ज र वी’र्यका माध्यमबाट उसमा (सूक्ष्म शरीरमा) प्रविष्ट हुन्छन्, मानिसको समग्र व्यक्तित्व यिनै दुई कुराबाट प्रभावित हुन्छ । बालकको गर्भधारणको परिस्थितिले पनि यसमा प्रभाव पार्छ । यही कर्म ‘संस्कार’ नै प्रत्येक जन्ममा संगृहीत हुँदै जान्छ, जसबाट राम्रा तथा नराम्रा सबै कर्मको विशाल भण्डार निर्मित हुन्छ । यसैलाई संचित कर्म भनिन्छ । यिनै संचित कर्महरूको केही अंश एक जीवनमा भोग्नका लागि उपस्थित हुन्छ र यसैले नै जीवन प्रेरणाको कार्य गर्छ । राम्रो र नराम्रो संस्कार भएकै कारण मानिसले जीवनमा राम्रो तथा नराम्रो काम गरिरहन्छ। फेरि तिनै कर्मबाट राम्रो तथा नराम्रो नयाँ संस्कार बनिरहन्छ । अनि यिनै संस्कारहरूको एक अन्तहीन श्रृंखला बनिरहन्छ, जसबाट मानिसको व्यक्तित्व निर्माण हुन्छ । वास्तवमा यिनै संचित कर्महरूको एउटा सानो हिस्सा नयाँ जीवन भोग्नका लागि प्राप्त हुन्छ । यसलाई प्रारब्ध भनिन्छ । यही प्रारब्ध कर्मले नै नयाँ हुने जन्मको यो’नि तथा त्यसमा प्राप्त हुने भोग निधार्र््रि गर्छ। अनि यस जन्ममा गरिएको कर्म वा क्रियमाण कर्म पनि संचित संस्कारमा गएर जम्मा हुन थाल्छ । जसरी चो’रलाई सहयोग गर्ने साथीलाई पनि सजा’य हुन्छ, ठिक त्यसैगरी काम्य कर्म र संचित कर्ममा आफूले गरेको कर्मको फल भोग्नुपर्छ । त्यसैले भनिन्छ, राम्रा मानिससँग संगत गर ताकि कर्मको हिसाबकिताब प्रस्ट रहोस् । जुन बालकलाई बाल्यकालदेखि नै राम्रो संस्कार प्राप्त हुन्छ उसको कर्म पनि राम्रो हुन्छ र उसको संचित कर्म पनि राम्रो हुन्छ । अर्को जुनीमा उसलाई राम्रो प्रारब्ध नै प्राप्त हुन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।