• जीवनलाई फरक ढंगले बुझौं ! रिस, अहमता, घमण्ड, शंका विष समान हो जसले सम्बन्ध टुटाउँछ

    November 21, 2019     11:29 am

    अहिले समाजलाई सबैभन्दा बढी कुन कुराले ध्वस्त बनाउँदै लगेको छ रु सामाजिक सद्भाव कुन तत्वले विथोल्दैछ रु आपसी प्रेम र मेल(मिलापमा कुन चिजले भाँजो हाल्दैछ । एउटा जवाफ हो, शंका(उपशंका । शंका(उपशंका गर्नु पनि अस्वस्थ्य वा दुषित मनको अवस्था हो । शंका(उपशंका गर्ने बानी आफैमा भयावह हुन्छ । शंकाले मानिसलाई अलग गराउँछ, यो एक विष समान हो जसले मित्रता टुटाउँछ । आत्मियता, घनिष्ठतामा भाँजो हाल्ने हतियार हो आशंका ।

    स्वस्थ्य जीवन : भनिन्छ नि, अस्वस्थ्य जीवन कुनै जीवन होइन, बस पीडाको एक स्थिती हो । मृत्युको छायाँ हो । स्वस्थ्य जीवन बाँच्नका लागि औषधी(उपचार होइन, संयमित दिनचर्याको खाँचो हुन्छ । सन्तुलित आहारको खाँचो हुन्छ । कृतज्ञ मनको खाँचो हुन्छ । हामी धनका खातिर स्वास्थ्य खराब गर्छौं । जबकी स्वस्थ्य जीवन आफैमा अनमोल धन हो । जब हामी स्वस्थ्य हुन्छौं, जब हामी रोगमुक्त हुन्छौं, जीवन त्यसै रमाइलो हुन्छ । जीवन त्यसै सुन्दर हुन्छ । शरीर मन्दिर हो । शरीरलाई जति सफा, स्वच्छ र पवित्र राख्न सकिन्छ, जीवन उत्तिनै मोहक हुन्छ । सात्विक आहार, सकारात्मक सोंच, अर्थपूर्ण कार्य, समूचित सक्रियताले जीवन अनमोल बन्छ । यो नै सबैभन्दा ठूलो धन हो ।

    घृणा र इर्ष्याले सन्तोष मिल्दैन : घृणलाई घृणाले समाप्त गर्दैन । यसका लागि प्रेम चाहिन्छ । घृणालाई अन्त्य गर्न प्रेम चाहिन्छ । यो शाश्वत सत्य हो । तपाईंसँग जे छ, त्यसलाई बढाई(चढाई नबताउनुहोस् । साथै अर्काको इर्ष्या पनि नगर्नुहोस् । जो अर्काको इष्र्या गर्छ, उसको मनमा कहिल्यै शान्ति मिल्दैन । हामी जहाँ छौं, जे छौं, सबै त्यही स्थितीमा हुन्छन् वा हुनुपर्छ भन्ने होइन । मानिसको रुपरंग फरक हुन्छ । प्रवृत्ति फरक हुन्छ । व्यवहार फरक हुन्छ । सोच(चिन्तन फरक हुन्छ । आदर्श फरक हुन्छ । सबैलाई आफुजस्तै खोज्नु मूर्खता हो । जो, जस्तो छन् त्यही रुपमा सहर्ष स्विकार गर्नुपर्छ । कसैलाई घृणा गर्ने, कसैलाई इर्ष्या गर्ने बानीले अरुलाई होइन, आफैलाई समाप्त गर्छ ।

    क्रोधले आफैलाई पोल्छ : क्रोधलाई पालेर राख्नु भनेको रापिलो अंगारलाई समातेर राख्नु जस्तै हो, त्यसले अरुलाई होइन आफैलाई जलाउँछ । क्रोध भनेको आवेगको एक अवस्था हो । आवेगमा संयम गुमाइन्छ । जब संयम गुमाइन्छ, हामीभित्रको खराब तत्वले अधिन जमाउँछ । हामी नराम्रो काम गर्न उक्सन्छौं । अर्थात क्रोधले कहिले पनि सकारात्मक नतिजा हासिल हुँदैन । क्रोधको अवस्थामा हाम्रो कतिपय शारीरिक अंगको कार्य(संचालनमा पनि अवरोध पुग्छ ।

    भविष्यसँग किन भयभित हुने : अतीतको चिन्ता नगरौं । अतीतको पच्छताप नगरौं । वर्तमानलाई सर्वोत्कृष्ट बनाउने यत्न गरौं । वर्तमानमै केन्द्रित रहेर जीवन बाँच्न सिकौं । भविष्यसँग नडराऔं । वर्तमानलाई राम्रो बनाएपछि भविष्यले कहिले भयभित बनाउने छैन ।

    मनलाई बाँध्न सिकौं: सबै नराम्रो काम मनबाट उत्पन्न हुन्छ । तर, जब मनलाई नै वसमा राखिन्छ, मनलाई सतमार्गमा डोहोर्‍याइन्छ भने शरीरले नराम्रो काम केही गर्दैन । त्यसैले मनलाई आफ्नो वशमा राखौं, मनको नियन्त्रणमा आफु बस्ने होइन । जीवनमा सोचेजस्तै र चाहेजस्तै सबैकुरा उपलब्ध हुँदैन । जे(जति उपलब्ध हुन्छ, त्यसमा सन्तुष्ट हुनुपर्छ । जे जति प्राप्त हुन्छ, त्यसमा कृतज्ञ रहनुपर्छ । स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा सम्बन्ध हो । यसलाई सम्हालेर राख्नुपर्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।