• मंसिर महिनाको मासिक राशिफल । यि राशीका लागि फलिफाप छ यो महिना

    November 20, 2019     5:52 pm

    मेष : मिश्रित खालको महिना छ । कुनै कार्यमा अपेक्षित सफलता मिल्नेछ भने कुनैमा नमिल्नसक्छ । छोराछोरीबाट सुख एवं सन्तोष प्राप्त होला । मन चिन्तित रहनसक्छ । श्रीमानले गरेको सहयोग आफूलाई चित्त नबुझ्ला । परिवार वा इष्टमित्रमा कसैलाई समस्या पर्नेछ । काम गर्दा अपजस आइलाग्न  सक्छ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । 

    वृष : यात्राको योग छ । आफ्नो इच्छाअनुसार समय यापन गर्ने अवसर जुर्नेछ । साथीहरूसित जमघट होला । सानातिना कुरामा वादविवाद हुनसक्छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्ला । आहार–विहारमा ध्यान दिनु आवश्यक छ । प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । सन्तान सुख प्राप्त हुनेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ ।

    मिथुन: जाँगर बढ्नेछ भने चिन्ता हट्नेछ । घरपरिवारसित राम्रो सम्बन्ध कायम रहनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । कार्यक्षेत्रमा प्रगति गर्ने अवसर जुट्नेछ । प्रतिस्पर्धात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । व्यावसायिक क्षेत्र सफल रहे पनि वादविवाद हुने योग छ । कसैसँग ठट्टा गर्नुअघि विचार पुर्‍याउनुहोला । 

    कर्कट : आफ्नै प्रभुत्वमा सबै कार्य सम्पन्न हुनेछन् । घुमफिर हुने तथा नवीन वस्त्र प्राप्तिको योग छ । साथीभाइसित भेटघाट गर्ने अवसर जुट्नेछ । छोराछोरीलाई नियन्त्रणमा राख्न केही कठिनाइ हुनसक्छ । प्रतिस्पर्धीहरूबाट टाढै रहनुहोला । आकस्मिक स्वास्थ्य समस्या आइलाग्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र पनि लाभदायक रहनेछ । 

    सिंह : मन चिन्तित रहनसक्छ । आमा वा सासूको स्वास्थ्यमा समस्या देखापर्नसक्छ । पारिवारिक हितलाई ध्यानमा राखेर कुनै कार्य गर्नुपर्ला । समझदारी हुँदाहुँदै पनि दाम्पत्य जीवनमा खटपट पर्नसक्छ । सन्तान लाभ पनि हुनेछ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । महिनाको उत्तराद्र्धमा छोराछोरीको क्रियाकलापप्रति दृष्टि नपुर्‍याए समस्या हुनेछ । 

    कन्या : शरीर स्वस्थ रहनुका साथै चिन्ता हट्नेछ । यात्रा गर्ने अवसर जुट्नसक्छ । आफ्नो इच्छानुसार समय यापन गर्ने अवसर मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । मनोरञ्जक क्रियाकलापमा संलग्न हुने अवसर मिल्ला । विभिन्न कुराको लाभ हुनेछ । पारिवारिक सुख पनि प्राप्त होला । प्रिय व्यक्तिसित भेट हुनेछ । सबै कार्य सोचेअनुरूप सम्पन्न हुँदा मन प्रसन्न रहनेछ । 

    तुला : अनावश्यक खर्च हुने योग छ । मालसामान हराउनसक्ने भएकाले सतर्क रहनुहोला । मनमा तनाव उत्पन्न हुनुका साथै जाँगरमा कमी आउनसक्छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्ला । मित्रबाटै धोका हुनसक्छ । सोचेअनुरूप काममा सफलता पाउन आफू नै अघि सर्नुपर्नेछ । कामका साथसाथै आफ्ना लागि पनि केही समय छुट्ट्याउन सके अनावश्यक तनावबाट जोगिन सकिन्छ । 

    वृश्चिक : व्यस्त रहनुपर्ला । समय कम तर काम धेरै हुँदा भ्याइनभ्याइ हुनसक्छ । पेटसम्बन्धी समस्या हुनसक्छ । आकस्मिक यात्रा हुने सम्भावना छ । काममा अपजस आइलाग्नसक्छ । अनावश्यक विवाद होला । साथीभाइसँग जमघट हुनसक्छ । व्यावसायिक एवं पारिवारिक कामको तालमेल मिलाउन सके दाम्पत्य जीवनमा सम्भावित विवादबाट जोगिन सकिन्छ । 

    धनु : छिमेकी एवं प्रतिद्वन्द्वीहरूले दु:ख दिने प्रयास गर्नसक्छन् । अनपेक्षित वादविवाद हुने योग छ ।  सहयोगी हातहरू पनि पछि हट्नसक्ने भएकाले कसैको सहयोगको अपेक्षा नगर्नु नै उपयुक्त हुन्छ । रिसलाई वशमा राखी धैर्यपूर्वक शान्तचित्त भएर काम गरे सफलता प्राप्त हुनेछ । आफ्नो जोडीको मनपर्ने र नपर्ने कुरा ख्याल गरी काम गर्नसके सम्भावित विवादबाट जोगिन सकिन्छ । 

    मकर: रमाइलो एवं सुखद् यात्रा गर्ने अवसर जुर्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न कुराको लाभ हुनेछ । योजनानुरूप सबै कार्य सम्पन्न हुनेछन् । प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । आतिथ्य सम्मान तथा उपहार प्राप्त हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । कसैकसैका लागि गरगहना जोर्ने अवसर पनि जुट्नेछ । महिनाको उत्तराद्र्धतिर भने अनपेक्षित वादविवाद हुनसक्छ । 

    कुम्भ  : पारिवारिक सुख–समृद्धि बढ्नेछ । मनमा भएको चिन्ता हट्नेछ । समस्याहरू समाधान हुनेछन् । सोचेअनुसार काममा सफलता मिल्दै जानेछ । माइतीपक्षसित भेटघाट हुनुका साथै विभिन्न खालका सहयोग पनि प्राप्त हुनेछन् । विभिन्न सरसामग्रीको जोरजाम होला । श्रीमानबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । छोराछोरीबाट पनि सन्तोष प्राप्त हुनेछ । 

    मीन : काम गर्दा विभिन्न खालका बाधा आइलाग्नसक्छन् । अनावश्यक खर्च हुने योग छ । परिवारका सदस्य वा इष्टमित्रमा कसैलाई समस्या पर्नसक्छ । महिनाको उत्तराद्र्ध अनुकूल रहनेछ । काममा सफलता हात पर्नेछ भने पारिवारिक खुसी बढ्नेछ । आर्थिक लाभ पनि हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । घर–माइती सबैतिरबाट अपेक्षित सहयोग प्राप्त होला । 

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।