• मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, मन्त्रीहरुको सपथ भोलि

    November 20, 2019     5:25 pm

    ४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । तर अझैसम्म हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लागेको छैन ।बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले दुई अध्यक्ष जिम्मेवारी बाँडफाँट गरे पनि मन्त्री हेरफेरबारे टुंगो लगाएको छैन ।

    यसबारे निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ ।स्रोतका अनुसार पूर्व माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री हट्ने पक्का भएको छ । स्रोतकाअनुसार अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ ।

    यस्तै पूर्वएमालेको कोटाबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ । पूर्वएमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुंगो लागेको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्नसक्ने नेकपा सचिवालयका एक सदस्यले बताए ।नयाँ मन्त्रीहरुको टुंगो लाग्न बाँकी छ । प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘हट्ने र नयाँ बन्ने मन्त्रीहरु आजै टुंगो लाग्छ । तर मन्त्रीहरुको सपथ भने भोलि मात्र होला ।’

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।