• मन्त्रिपरिषद फेरबदलबारे छलफल गर्न नेकपाको सचिवालय बैठक शुरु

    November 20, 2019     2:12 pm

    काठमाडौं मंसिर ४ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक शुरु भएको छ । मन्त्रिपरिषदका सदस्य हेरफेरलाई अन्तिम रूप दिन बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको हो ।सचिवालय बैठकले मन्त्रिपरिषदमा फेरबदल हुने मन्त्रीहरुको नाम टु‌ग्याउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद सदस्य फेरबदलको प्रस्ताव राख्ने र सचिवालय बैठकले अनुमोदन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    बैठक लगत्तै प्रधानमन्त्रीले केही मन्त्री हटाउने र केही नयाँ अनुहार थप्नेछन् ।सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको मंगलबार जानकारी दिएका थिए ।

    उनले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको र प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद समेत दिएको जानकारी दिएका थिए ।खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।