• विप्लव का कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान

    March 26, 2019     10:07 pm

    पोखरेली न्युज १२ चैत / नेक्रविक्रम चन्द नेतृत्वको नेकपा समूह र प्रहरीबीच अछामको रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा दोहोरो गोली चलेको छ । रामारोशनमा विप्लव कार्यकर्ता भएको जानकारी पाएपछि गएको प्रहरी गस्तिमाथि विप्लव कार्यकर्ताले पहिले फायर गरेको प्रहरीले बताएको छ ।

    ‘प्रहरी टोलीलाई देखेपछि विप्लव कार्यकताले फायर खोले। त्यसपछि प्रहरीले पनि जवाफ फर्काएको हो। विस्तृत विवरण आउन बाँकी छ,’ प्रहरी प्रमुख डिएसपी जनक शाहीले भने, ‘केहीलाई पक्राउ पनि गरेका छौं।’

    सूचनाको आधारमा विप्लव कार्यकर्तालाई पक्राउ गर्न जाने बेला जम्काभेट भएपछि मंगलबार दिउँसो १२ बजे दोहोरो भिडन्त भएको प्रहरीले बताएको छ। यता विप्लव निकट एक नेताका अनुसार प्रहरीले आफूलाई तर्साउन खोजेपछि बाध्य भएर फायरीङ गर्नुपरेको बताएका छन्।

    ‘हामी आफ्नै तरिकाले बसेको बेला प्रहरीले हमीमाथि दमन गर्न खोज्यो। पहिले फायर प्रहरीले नै खोलेको हो,’ विप्लव निकट ती नेताले भने, ‘भिडन्तमा हाम्रो अछाम इन्चार्ज सामान्य घाइते हुनुभएको छ।’

    अहिले दोहोरो भिडन्त भएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारएिको छ। चन्द समूह लुकेर बसेको शंकाका आधारमा प्रहरीले केही दिन अघिदेखी नै उनिहरुको खोजी गरिरहेको थियो। साथै जिल्ला भर सुरक्षा व्यवस्था कडा पारीएको प्रहरीले जनाएको छ।स्रोत कान्तिपुर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।