• महाभारतका १० राेचक प्रेमकथा जसले इतिहासलाई प्रभाव पारे

    November 16, 2019     9:04 pm

    महाभारत विचित्र छ । विशेष गरी यसका पात्रहरूको जटिलता गजब छ । यहाँ छ ब’हुपत्नी प्रथाका साथै ब’हुपति प्रथा पनि । कतै कसैको ह’रण भइरहेको पाइन्छ भने कतै कसैमाथि ज’बर्जस्ती वा ज’बर्जस्तीको प्रयास भइरहेको पनि छ । यति हुँदाहुँदै पनि महाभारतमा प्रेमका अचम्मलाग्दा थुप्रै प्रसंग छन् जसमध्ये १० वटाको चर्चा यहाँ गरिएको छ । यी दस प्रसंग त्यस्ता छन् जसका कारण महाभारतको कथानकमा महत्वपूर्ण मोड आएको छ, तात्कालिक सामाजिक मूल्यमान्यतामा नसोचेको परिवर्तन भएको छ अनि विस्तारै काव्यलाई चर’मोत्कर्षमा लैजान भूमिका खेलेको छ ।

    १. सत्यवती र पराशर हुन त यो सम्बन्ध प्रेम हो कि वा’सना हो कन्प\mयुज छ । सत्यवती माझीपुत्री थिइन् । उनी डुंगा चलाएर यात्रुहरूलाई नदी वारपार गराउँथिन् । शरीरबाट माछाको गन्ध आउने भएकाले उनलाई मत्स्यगन्धा भनेर पनि चिनिन्थ्यो । एक दिन ऋषि पराशर यात्राका क्रममा त्यहाँ आइपुगे । उनी सत्यवतीलाई देखेर मुग्ध भए । का’मातुर भएपछि ऋषिले सत्यवतीसमक्ष यौ’नप्रस्ताव राखे । सत्यवतीले पनि विनासंकोच ऋषिको चाहना पूरा गर्न आफू तयार रहेको भन्दै तीनवटा शर्त राखिन्- यौ’नसम्बन्ध राखेको कसैले देख्नुहुँदैन, यसबाट कौ’मार्य प्रभावित हुनुहुँदैन अनि शरीरबाट निस्कने माछाको गन्धको साटो सदा सुगन्ध फैलनुपर्छ । का’मान्ध भएका पराशरले तपोबलको प्रयोग गरी सत्यवतीको तीनवटै शर्त पूरा गरेर आतृप्ति स’म्भोग गरे । मत्स्यगन्धाको शरीर अब बास्नादार भयो र उनको सुवास एक योजनसम्म फैलन थाल्यो तसर्थ उनी योजनगन्धाका नामले परिचित भइन् । नदीको टापुमा भएको यस घटनाको फलस्वरूप कृष्ण द्वैपायनको जन्म भयो जो पछि वेदव्यासका नामले प्रसिद्ध भए । महाभारतका रचयिता पनि वेदव्यासलाई नै मानिन्छ ।

    २. शान्तनु, गंगा अनि सत्यवती शान्तनुले गंगासँग प्रेमविवाह गरेर आठजना सन्तान जन्माएका थिए । तीमध्ये एकजना देवव्रत मात्र जीवित रहे भने गंगाले पनि शान्तनुलाई छाडेर गइन् । देवव्रत शस्तिनापुरका युवराज बनाइए । पछि तिनै देवव्रतले भीष्म प्रतीज्ञा गरी सत्यवती र शान्तनुको मिलन गराइदिए । एकल जीवन बिताइरहेका शान्तनु सत्यवतीलाई देखेपछि प्रेमले विह्वल बने । उनले सत्यवतीसँग परिचय अघि बढाई आप\mनो मनोभाव दर्शाए । सत्यवती पनि राजालाई प्रेम गर्न थालिन् । एक दिन शान्तनुले सत्यवतीका पितासमक्ष विवाहको प्रस्ताव राखे । उनले आप\mनी छोरीबाट जन्मने पुत्र नै हस्तिनापुरको उत्तराधिकारी हुने भए मात्र राजालाई छोरी दिने शर्त राखे । शान्तनु असमञ्जसमा परेर फर्किए । यो कुरा थाहा पाएपछि देवव्रतले पिताको खुसीका निम्ति सत्यवतीका पितासमक्ष गएर आफूले हस्तिनापुरको युवराज पद त्याग्ने तथा आफ्ना सन्तानले भविष्यमा दाबी नगरून् भन्नका लागि आजीवन विवाह नगरी ब्रह्मचारी नै बस्ने प्रण गरे । उनले सत्यवतीलाई लिएर आई पितासँग विवाह गराए । यो घटनाले महाभारतको कथालाई यु’द्धतर्फ मोड्न सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ ।

    ३. रुक्मिणी र कृष्ण कृष्णले धेरै महिलासँग प्रेम गरे । राधा र कृष्णको प्रेम अद्वितीय नै मानिन्छ र त्यो धेरैलाई ज्ञात पनि छ तर रुक्मिणीसँगको प्रेमप्रसंग भने कमैलाई मात्र जानकारी हुनसक्छ । विदर्भ नरेश भीष्मकपुत्री रुक्मिणीले कृष्णको विषयमा सुनेदेखि नै मनमनै कृष्णबाहेक अरूलाई पतिका रूपमा वरण नगर्ने निर्णय लिएकी थिइन् । कृष्णलाई पनि यस कुराको जानकारी थियो । उता रुक्मिणीको दाजु रुक्म भने बहिनीको विवाह कृष्णका फुपूको छोरो चेदीराज शिशुपालसँग गराइदिन चाहन्थ्यो । रुक्मले आमाबाबुको विरोध हुँदाहुँदै पनि नमानेर बहिनीको विवाहका लागि शिशुपाललाई बोलायो । शिशुपाल जन्ती लिएर विदर्भ आइपुग्यो । शिशुपाल आउन लागेको जानकारी पहिल्यै पाइसकेकी रुक्मिणीले एक ब्राह्मणलाई सन्देशवाहकका रूपमा कृष्णकहाँ पठाइन् । कृष्णले पनि प्यारी रुक्मिणीलाई हरण गरेर आप\mनो बनाए । यसबाट शिशुपाललयायत राजाहरू कृष्णका अझै प्रबल शत्रु बन्न पुगे ।

    ४. अर्जुन र सुभद्रा सुभद्रा कृष्ण र बलरामकी बहिनी थिइन् । बलराम बहिनीको विवाह दुर्योधनसँग गराइदिन चाहन्थे । यो कुरा बुझेका कृष्णले अर्जुनद्वारा सुभद्राको हरण गराए । पहिले निकै रि’साएका बलराम पनि पछि शान्त भए र अर्जुनसुभद्राको विवाह धूमधामले भयो । त्यतिबेला अर्जुन बार्‍ह वर्षे तीर्थयात्राका क्रममा इन्द्रप्रस्थ बाहिर थिए । विवाहपछि एक वर्षसम्म अर्जुन र सुभद्रा द्वारकामा बसे भने बाँकी समय पुष्करमा बसेर १२ वर्ष व्यतीत भएपछि इन्द्रप्रस्थ फर्के । त्यतिबेलासम्म द्रौपदी र सुभद्राको भेट भएको थिएन र द्रौपदीलाई अर्जुनले अर्को विवाह गरेका छन् भन्ने थाहा थिएन । यसै अवधिमा अर्जुनले मणिपुरकी राजकुमारी चित्रांगदासँग प्रेमविवाह गरी बभ्रुबाहन नामक छोरो जन्माएका थिए । त्यस्तै अर्जुनले नागकन्या उलुपीसँग प्रेमविवाह गरी इरावान नामक छोरो जन्माएका थिए ।

    ५. साम्ब र लक्ष्मणा साम्ब कृष्णका आठ पटरानीमध्ये एक जाम्बवतीका छोरा हुन् । दुर्योधन तथा भानुमतीकी पुत्री लक्ष्मणासँग साम्बको प्रेम बसेको थियो । दुर्योधन आफ्नी छोरी कृष्णको छोरालाई दिन चाहँदैनथे त्यसैले उनले स्वयम्बरको आयोजना गरेका थिए । त्यतिबेला साम्ब पुगेर लक्ष्मणलाई लिएर द्वारकातर्फ लागे । यो कुरा थाहा हुनेबित्तिकै कौरवहरूले साम्बसँग यु’द्ध गरेर उनलाई ब’न्दी बनाए । साम्ब ब’न्दी बनेको थाहा पाएपछि बलराम हस्तिनापुर गए । उनले साम्बसँग लक्ष्मणाको विवाह गराउन आग्रह गरे । कौरवहरूले टेरेनन् । यसबाट रि’साएका बलरामले आप\mनो रौद्र रूप धारण गरी हस्तिानापुरलाई गंगामा धँसाइदिन खोजे । यसबाट हस्तिनापुरमा हाहाकार मच्चियो । तत्पश्चात् कौरबहरूले बलरामसँग माफी मागी साम्बलाई लक्ष्मणासँगै विदा दिए । द्वारकामा पुगेपछि उनीहरूको धूमधामले विवाह भयो

    ६.हिडिम्बा र भीम लाक्षागृहबाट बचेर भागेका पाण्डव जंगल-जंगल हिँडिरहेका थिए । एक रात अरू सबै सुतिरहेका थिए भने भीमसेन पहरा दिइरहेका थिए । उक्त जंगल नरभ’क्षी रा’क्षस हिडिम्बको राज्य थियो । उसको बहिनीको नाम हिडिम्बा थियो । हिडिम्बाले भीमसेनलाई देखेपछि उसमा कामभावना जागृत भयो, उनलाई भीमसनप्रति प्रेम पलायो । उनले भेष बदलेर भीमसेनका अगाडि गई विवाहको प्रस्ताव राखिन् । यो थाहा कुरा पाई रि’साएर आएको दाजु हिडिम्बलाई भीमसेनले मा’रेपछि उनीहरूका बीच विवाह भयो । केही समय भीमसेन त्यहीँ बसे । घटोत्कच नामको छोरो जन्मिएपछि भीमसेन त्यहाँबाट हिँडे । हिडिम्बा एक्लैले घटोत्कचलाई पालनपोषण गरेर राज्य गर्न सक्षम बनाइन् ।

    ७.उलुपी र अर्जुन यो प्रेमप्रसंग निकै रमाइलो छ । उलुपीले प्रेमका निम्ति थुप्रै त्याग गरेकी छिन् । उलुपीले नै अर्जुनलाई पानीमा पनि सहजै बस्नसक्ने बनाएकी थिइन् । उलुपीले नै चित्रांगदाका पुत्र बभ्रुवाहनलाई यु’द्धशिक्षा दिएकी थिइन् । महाभारत यु’द्धपछि अश्वमेध यज्ञको समयमा उलुपीकै प्रेरणाद्वारा बभ्रुवाहनको हातबाट अर्जुनको ब’ध भएको थियो भने उलुपीकै प्रयासबाट अर्जुन पुनर्जीवित पनि भएका थिए । नागराज कौरव्यकी पुत्री उलुपीले अर्जुनलाई देखेपछि आफैंले ह’रण गरेर लगी विवाह गरेकी थिइन् । उनी अर्नुनलाई औधी माया गर्थिन् । उनले नै अर्जुनलाई जलमा हुने यु’द्धमा सर्वत्र विजयी हुने तथा सम्पूर्ण जलचर वशमा रहने वरदान दिएकी थिइन् ।

    ८. कर्ण र द्रौपदी यो प्रेम प्रसंग मान्यतामा आधारित छ । भनिन्छ, कर्णलाई द्रौपदीप्रति प्रेम थियो भने द्रौपदी पनि कर्णलाई उत्तिकै मन पराउँथिन् । द्रौपदी स्वयंवरमा कर्ण पनि गएका थिए । राजा द्रुपद कौरव पक्षका भीष्म, द्रोण आदिलाई रुचाउँदैनथे तसर्थ उनले नै कर्ण सूतपुत्र भएकाले ऊसँग विवाह गरे जीवनभर दासपत्नीका रूपमा चिनिनुपर्ने तथा यसबाट आफूलाई समेत घा’तक प्रभाव पर्ने कुरा बताएका थिए । बाबुको यस्तो कुराबाट निराश द्रौपदीले मुटुमाथि ढुंगा राखेर सूतपुत्र भन्दै कर्णको अ’पमान गरेर स्वयंवरमा भाग लिन वञ्चित गराएकी थिइन् । चिरहरणका समयमा द्रौपदीलाई कर्णले सहयोग गर्लान् कि भन्ने थियो तर कर्णले आफूमाथि पहिले भएको अ’पमान सम्झेर कुनै सहायता गरेनन् । पछि जब भीष्म पितामह शरशैयामा सुतेका थिए त्यतिबेला कर्णले उनीसँग आफूले द्रौपदीलाई चाहेको कुरा भनेका थिए । यो कुरा द्रौपदीले पनि सुनेकी थिइन् र उनले त्यतिबेला कर्णले आफूलाई मन पराउँछन् भन्ने कुराको पुष्टि पाएकी थिइन् ।

    ९. राधा र कृष्ण राधाका विषयमा अनेकौं कुरा पाइन्छन् । राधाका सन्दर्भमा अनेकौं प्रसंग भेटिन्छन् र जति भेटिन्छन् ती सबैमा राधा र कृष्णको अद्वितीय प्रेमको बखान पाइन्छ । कतिपय प्रसंगमा राधा अरूसँग विवाहित तथा कृष्णभन्दा निकै पाको उमेरकी भएको समेत बताइएको छ । कतिपयमा राधा कृष्णकी पत्नी भएको कुरा पनि बताइएको छ भने कतिपयमा प्रेमिका मात्रै हुन् भनिएको पाइन्छ । जे भए पनि आजसम्म प्रेमिप्रेमिकाको नाम लिँदा राधाकृष्णको नाम अग्रपंक्तिमै लिइने गरिएको छ ।

    १०. दुष्यन्त र शकुन्तला पुरुवंशी राजा दुष्यन्त र शकुन्तलाका पुत्र भरतको गणना महाभारतमा वणिर्त १६ सर्वश्रेष्ठ राजाहरूमध्येमा हुन्छ । महाकवि कालिदासको ग्रन्थ ‘अभिज्ञान शाकुन्तलम’ का अनुसार दुष्यन्त र शकुन्तलाका पुत्र चक्रवर्ती सम्राट् भरतकै नामका अजनाभवर्षलाई भारतवर्ष भन्न थालिएको हो । महाभारतको कथा पनि यिनै भरतको कथाबाट अघि बढ्छ । महाभारतको यु’द्ध लड्ने कौरव तथा पाण्डव भरतवंशी हुन् । दुष्यन्त र शकुन्तलाको प्रेम जीवनलाई अनेकौं साहित्यकारहरूले काव्यिक विषय बनाएका छन् । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि ‘शाकुन्तल’ नामक महाकाव्य लेखेका छन् । दुष्यन्त र शकुन्तलाको प्रेम भारतवर्षकै चर्चित प्रेम प्रसंगका रूपमा गणना हुने गर्छ । यी बाहेक महाभारतमा नल-दमयन्ती आदिका अन्य प्रेम प्रसंग पनि छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।