• यी तीन राशिका युवतिहरू हुन्छन् सार्‍है आकर्षक

    November 16, 2019     8:58 pm

    ज्योतिषमा जम्मा १२ वटा राशि बताइएको छ । राशिअनुसार सबै महिला तथा पुरुषको स्वभाव एवं भविष्य फरकफरक हुन्छ । त्यसैगरी शरीरको बनोट, अनुहारको आकर्षण, कपालको रुखोपन वा कोमलपनजस्ता कुरामा समेत राशिको प्रभाव पर्छ । यहाँ तिनै राशिमध्ये तीन राशिका युवतिहरूको विषयमा ५(५ वटा जानकारी दिइएको छ जो राशिकै कारण सर्वाधिक आकर्षक हुन्छन् ।

    वृष राशि (नामको सुरु अक्षरस् ई, ऊ, ओ, वा, वी, वू, वे, वो) यो राशिका युवतिहरूको व्यक्तित्व सार्‍है आकर्षक हुन्छ । पहिलो भेटमै पुरुषहरू यी राशिका युवतिप्रति आकषिर्त हुन्छन् । यो राशिका युवतिहरू मेहेनती हुन्छन् । यसै कारणले गर्दा आफू लागेको क्षेत्रमा सहजै लक्ष्य हासिल गर्छन् । यिनीहरूको बोल्ने शैली एवं सुन्दरताले सबैको मन लोभ्याउन सक्छ । यिनीहरू सौन्दर्य एवं कलाप्रेमी हुन्छन् । कला क्षेत्रमा सजिलै सफलता हात पार्न सक्छन् । यिनीहरूको दिमागमा सदैव थुप्रै योजनाहरू बनिरहेका हुन्छन् । यो राशिका युवति तथा महिलाहरूको जीवनमा आरोह(अवरोहको स्थिति बनिरहन्छ ।

    मिथुन राशि (नामको सुरु अक्षर स् का, की, कू, घ, ङ, छ, के, को, हा) यो राशिका युवतिहरू झट्ट हेर्दा निकै सुन्दर तथा आकर्षक व्यक्तित्वका धनी हुन्छन् । यिनीहरूको स्वभाव पुरुषहरूलाई आकषिर्त गर्ने खालको हुन्छ । यिनीहरूको पुरुष साथी अधिक हुन्छन् । महिला मित्रहरू पनि कम हुँदैनन् । यो राशिका युवतिहरूमा अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता हुन्छ । यिनीहरू बहुमुखी प्रतिभाका धनी तथा चलाखीपूर्ण तरिकाले काम गर्ने खालका हुन्छन् । यिनीहरू दिमाग लगाउनुपर्ने वा बुद्धिसँग सम्बन्धित काममा बढी सफल हुन्छन् । यो राशिका युवतिहरूले पत्रकार, लेखक तथा योजनाकारका रूपमा पहिचान बनाउन सक्छन् ।

    वृश्चिक राशि (नामको सुरु अक्षर स् तो, ना, नी, नू, ने, नो, या, यी, यू) वृश्चिक राशिका युवतिहरूको स्वभाव, बानीबेहोरा एवं चलचलन आकर्षक हुन्छ । यिनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ । यो राशिका युवतिहरू हेर्दा बढी सुन्दर नभए तापनि यिनीहरूमा एक किसिमको फरक चुम्कीय आकर्षण हुन्छ । यिनीहरूको कुराकानी गर्ने आप्mनै प्रकारको विशेष शैली हुन्छ । यो राशिका युवतिहरू बहादुर तर भावुक हुन्छन् । यिनीहरूको मस्तिष्क तीक्ष्ण हुन्छ । यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन । यिनीहरू सदैव सफासुग्घर भएर रहन तथा अरूलाई उचित सल्लाह दिन अग्रसर हुन्छन् । वृश्चिक राशिका युवतिहरू जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पूर्ण विश्वास योग्य हुन्छन् अर्थात् यिनीहरूले कुनै पनि जिम्मेवारी राम्रोसँग पूरा गर्छन् । यद्यपि यिनीहरू उच्च महत्वाकांक्षी तथा जिद्दी हुन्छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।