• १३ अंकसँग किन डराउँछन् मान्छेहरु ?

    November 14, 2019     11:06 pm

    काठमाडौं । मानिसहरु १३ अंकलाई अशुभ मान्छन् । तर यसको पछाडिको कारण सायद धेरैलाई थाहा छैन होला । तपाईंलाई यसको कारण थाहा छ ? खासगरी पश्चिमा देशहरुमा १३ अंकप्रतिको विकर्षण अचम्मकै छ । धेरै मानिसहरु १३ अंकसँग डराउँछन्, यसको प्रयोगबाट बच्दछन् । पश्चिमा सभ्यतामा १३ अंकलाई अशुभ मान्नुको विशेष कारण छ । उनीहरु महिनाको १३ तारेखलाई अशुभ यसकारण मान्दछन् कि क्रिस्चियन धर्मअनुसार १३ तारेखकै दिन यशु ख्रिस्टमाथि एकजना व्यक्तिले विश्वासघात गरेका थिए । रात्रिभोजका क्रममा विश्वासघात गरेको त्यो व्यक्ति १३ नम्बरकै कुर्सीमा बसेको थियो अरे ।

    त्यसैले होला मान्छेहरु १३ अंकलाई दुर्भाग्यपूर्ण सम्भिmन्छन् । मनोवैज्ञानिकहरुका अनुसार १३ अंकप्रतिको मानिसहरुको डरलाई ट्राइस्काइडेकाफोबिया अर्थात् थर्टिन डिजिज फोबिया भनिन्छ ।

    यदि युरोप, अमेरिका तिर घुमिफर गर्दा तपाईंले कुनै होटलमा १३ नम्बरको कोठा अर्थात् कुनै भवनमा १३ औँ तला देख्नुभएन भने अचम्म नमान्नु होला । साथै कुनै रेष्टुरेन्टमा १३ नम्बरको टेबल वा कुर्सी देखिएन भने पनि अनौठो नमाने हुन्छ । फ्रान्समा त खानाको मेसमा ठ्याक्कै १३ वटा कुर्सी नै राखिँदैन । (एजेन्सीको सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।