• एक सय २५ रुपैयाँमा घर

    November 14, 2019     11:00 pm

    युरोपेली मुलुक इटालीमा गएर बस्ने कुरा हामी धेरैका लागि सपना जस्तै होला । तर यदि यो खबर पढ्नु भयो भने अवश्य पनि रोमाञ्चित हुनुहुनेछ। किनकी इटालीको सिसिलीको एक नगर परिषदले विदेशीहरुलाई त्यहाँ घरजम गर्न सघाउ पुर्‍याउने निकै गज्जबको कार्यक्रम अघि सारेको छ । उक्त अफर अनुसार त्यहाँ केवल १ युरो अर्थात् झण्डै १ सय २५ रुपैयाँ तिरेर घर खरिद गर्न सकिनेछ ।

    सिसिलीको ग्रामीण इलाकामा पर्ने सम्बूका गाउँका अधिकारीहरुले लगातार घटिरहेको जनसंख्याको समस्या समाधानका लागि यस्तो विशेष योजनाको घोषणा गरेका हुन् । जस अनुसार मानिसहरुको बसाइँ सराइँसँगै खाली भएका घरहरुलाई अब १ युरोमा बेचिनेछ । पहिले निकै धेरै रहेको उक्त गाउँको जनसंख्या अहिले घटेर झण्डै ६ हजार रहेको छ ।

    सम्बूका नगर परिषदले गाउँमा खाली रहेका घरहरु खरीद गरी एक युरोमा बेच्नेछ । विश्वभरका मानिसहरुलाई उक्त गाउँमा बसोबासका लागि आकर्षित गर्ने योजना नगरपरिषदको रहेको छ । अहिलेसम्म गाउँका ६० वटा घर बिक्री गरिएकोमा अधिकांस विदेशीहरुले खरीद गरेका अधिकारीहरुले जनाएका छन् । अझ त्यसमा लेखक, कलाकार, संगीतकार समेत घर किन्नेमा रहेका छन् । विश्वका विभिन्न देशका मानिसहरु गाउँमा आएर बसोबास गर्न सुरु गरेकोमा अधिकारीहरु मख्ख छन् ।

    १ युरोमा घर किनिसकेपछि उक्त घरको मर्मतको खर्च भने नयाँ घरमालिकको नै हुनेछ । मर्मतका लागि ३ वर्षको समय दिइन्छ । बसोबास बढाउने सम्बूका गाउँका त्यो योजना इटालीका अन्य गाउँहरुले पनि पछ्याउन थालेको बताइएको छ । एजेन्सीको सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।