• आफ्नी ५० वर्षे आमाका लागि बेहुला खोज्दै यी युवती

    November 14, 2019     10:56 pm

    हाम्रो समाजमा जब छोरीहरु २०र२२ वर्ष पुग्दछन् तर बाबुआमाले उनीहरुका लागि योग्य वर खोज्न सुरु गर्दछन् । छिमेकी मुलुक भारतमा पनि अवस्था त्यहीँ नै छ, आम रुपमा । तर अहिले सोसल मिडियामा भारतकी एकजना युवतीले तहल्का मच्चाइरहेकी छिन् । आफ्नी ५० वर्षे आमाका लागि ट्वीटर मार्फत योग्य बेहुलाको खोजी गर्दै उनले तस्वीर अपलोड गरेपछि त्यो भाइरल बनिरहेको छ ।

    हो, ट्वीटरमा अहिले एकजोडी आमा छोरीको तस्वीर निकै चर्चित बनिरहेको छ । यो तस्वीर यसकारण विशेष छ कि त्यसमा देखिएकी छोरीले आमाचाहीँका लागि योग्य वरको खोजी गरिरहेकी छिन् । आस्था वर्मा नामकी ती युवतीले आफ्नी आमासँगको उक्त तस्वीर ट्वीटरमा पोष्ट गर्दै ५० वर्षकी आफ्नी आमाका लागि एकजना उपयुक्त श्रीमानको खोजी गरिरहेकी बताएकी छिन् ।

    उनले आमाका लागि वरको खोजी गर्दै सम्भाव्य उम्मेदवारका सन्दर्भमा केही शर्त पनि राखेकी छिन् । उनका अनुसार उनको हुनेवाला पिता शाकाहारी हुनुका साथै रक्सी नपिउने हुनु आवश्यक छ । यसका साथै आर्थिक रुपमा सम्पन्न हुनु पर्ने शर्त पनि उनले राखेकी छिन् । कानून विषयकी छात्रा रहेकी ती युवतीको उक्त ट्वीट निकै भाइरल बनिरहेको छ । धेरै ट्वीटर प्रयोगकर्ताहरुले त्यसमा लाइक, रिट्विट तथा कमेन्ट गरिरहेका छन् । धेरै प्रतिक्रियाहरु भावुक बनाउने खालका पनि छन् ।

    ३१ अक्टोबरका दिन उनले गरेको उक्त ट्वीटमा अहिलेसम्म साढे ५ हजार कमेन्ट्स, साढे ६ हजार रिट्वीट र २८ हजार लाइक्स प्राप्त भैसकेका छन् । प्रतिक्रिया दिनेमध्ये कतिपय पुरुषहरुले त आफु आस्थाको पिता बन्न तयार रहेको बताएका छन् । एजेन्सीको सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।