• एनसेलको ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा

    November 14, 2019     2:57 pm

    २७ कात्तिक, काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब देशभित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् ।एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट रु १ को दरमा देश भित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रति मिनेट रु १।९९ लाग्दछ ।

    यो अल नेट भ्वाइस प्याक मंगलबार कार्तिक २६ देखि सञ्चालनमा आएको छ । यस प्याक अन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने कर बाहेक रु २० (कर सहित रु २५।५४) मा लिन सक्छन् । यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको यो पहिलो पटक हो ।

    यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले ८१७११८८७३ डायल गर्न सक्छन् । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । यो अफर माघ २६ गते सम्म संचालनमा रहने छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।