• दिल्लीले नेपालका युवा स्टार सन्दीप लामिछानेलाई यसपालि पनि रिलिज नगर्ने

    November 14, 2019     2:53 pm

    २८ कात्तिक, काठमाडौं । नेपालका युवा स्टार सन्दीप लामिछानेले आईपीएलका दुई संस्करण खेले । सन् २०१७ मा पहिलोपटक आईपीएल खेलेका सन्दीप त्यसयता अन्तर्राष्ट्रिय टी(२० फ्रेन्चाइज लिगमा यत्रतत्र छाएका छन् । एक वर्षभित्र सर्वाधिक देशमा क्रिकेट खेलेको रेकर्ड नै बनाएका सन्दीपका लागि सबैभन्दा महत्वपूर्ण भने आईपीएल नै हो । विश्वकै चर्चित लिग भएकाले मात्र होइन, सन्दीपलाई एक्सपोजर दिलाउने पहिलो प्लेटफर्म भएकाले पनि यो उनका लागि महत्वपूर्ण छ ।

    आईपीएलको १३ औं संस्करण सन् २०२० को अप्रिल(मेमा हुँदैछ । यसका लागि आगामी १९ डिसेम्बरमा अक्सन हुनेछ । सन्दीपले सन् २०१८ मा दिल्ली डेयरडेभिल्स ९अहिले दिल्ली क्यापिटल० बाट आईपीएलमा डेब्यू गरेका थिए । उनलाई २० लाख भारुमा दिल्लीले खरिद गरेको थियो, जुन आईपीएलको न्यूनतम मूल्य हो । सन् २०१९ को आईपीएलमा दिल्लीले उनलाई रिटेन गर्‍यो । त्यसैले सन्दीपको मूल्य यथावत् रह्यो ।

    दिल्लीको सन्दीपसँग ३ वर्षको सम्झौता छ । त्यसैले यसपालि पनि उनलाई दिल्लीले चाहेमा आफूसँगै राख्न सक्छ । सन्दीपकै स्तरको खेलाडीलाई भित्र्याउन करोडौं मूल्य खर्चिनुपर्ने भएकाले दिल्लीले उनलाई यसपालि पनि रिलिज नगर्ने सम्भावना बलियो छ । यसो भएमा सन्दीपलाई आर्थिकरुपमा घाटा हुनेछ किनकी अक्सनमा आएमा उनलाई अरु टिमले महंगोमा खरिद गर्न सक्छन् । सन्दीपको स्तरअनुसार कम्तिमा दुई करोड भारु उनले पाउनुपर्ने हो । उनकै स्तरका अफगानिस्तानी खेलाडी मुजिब उर रहमानलाई गत वर्ष पञ्जाबले चार करोड भारुमा खरिद गरेको थियो ।

    तर, महंगो बेस प्राइसमा अक्सनमा जाँदा कहिलेकाहीँ नबिक्ने खतरा पनि हुन्छ । सन्दीपले २०१९ को आईपीएलमा आफ्नो उत्कृष्ट लय कायम राख्न सकेका थिएनन् । फलस्वरुप दिल्लीले आधाजसो म्याचमा बेन्चमा राखेको थियो ।

    कोको होलान् रिलिज क्रिकइन्फोले आईपीएलका ८ फ्रेन्चाइजले यसपाली रिलिज गर्न सक्ने खेलाडीको सूची सार्वजनिक गरेको छ, यसमा सन्दीप परेका छैनन् । क्रिकइन्फोका अनुसार दिल्लीबाट रिलिज हुन सक्ने सम्भावित खेलाडीमा भारतीय स्पिनर अमित मिश्र पहिलो नम्बरमा छन् । ४ करोड भारुमा खरिद गरिएका यी ३६ वर्षीय स्पिनरले गत आईपीएलमा खासै प्रभाव देखाउन सकेनन् । त्यसैले दिल्लीले यसपालि उनलाई छुट्कारा दिनसक्छ । ओभरसिज खेलाडीमध्ये क्रिस मोरिस र कोलिन इन्ग्रामलाई दिल्लीले रिलिज गर्ने सम्भावना छ । अलराउन्डर मोरिस ११ करोड र ब्याट्सम्यान इन्ग्राम ६।४ करोडमा खरिद गरिएका हुन् । अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।