• बङ्गलादेशका राष्ट्रपति हमिदलाई पोखरामा स्वागत,फेवातालमा जलविहार

    November 14, 2019     2:04 pm

    पोखरा, कात्तिक २७ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा आउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणको लागि नेपाल आउनु भएका हमिद काठमाडौंपछि आज भ्रमणको लागि धर्मपत्नीका साथ पोखरा आउनुभएको हो ।

    हमिद नेपाली सेनाको हेलिकप्टरबाट पोखरा आउनु भएको हो । पोखरा विमानस्थलमा उहाँलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लगायतले स्वागत गर्नुभयो ।

    राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पगुच्छा अर्पण गरेका थिए भने पञ्चेबाजाको झंकारले स्वागत गरियो । पोखरामा स्वागतपछि राष्ट्रपति हमिद आरामका गर्नको लागि फिस्टेल होटल पुग्नुभयो भने आजै उहाँले फेवातालमा जलविहार पनि गर्नुभएको छ । फोटो ः अनुप ढेवाजु । पोखरेली न्युज

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।