• अमेरिकाको विभिन्न स्थानमा हिमपात, तापमानमा गिरावट

    November 13, 2019     2:40 pm

    एजेन्सी– अमेरिकाको विभिन्न स्थानमा हिउँ परेको र कयौं स्थानमा हालसम्मकै कम तापक्रम महसुस गरिएको छ । उत्तरी ध्रुवक्षेत्रबाट हावाको झोक्का आएका कारण नोभेम्बर महिनामै अमेरिकाका कैयौँ स्थानमा मध्य हिउँदयामको जस्तो हिउँ परेको र कैयौँ स्थानमा हालसम्मकै कम तापमान महसुस गरिएको बीबीसीले जनाएको छ ।

    विभिन्न स्थानमा बाक्लो हिउँ परिरहेको छ । कान्सास र इलिनोय राज्यमा नयाँ रेकर्ड कायम भइरहेको छ। मौसम पूर्वानुमान गर्ने विज्ञहरूका अनुसार यो हप्ता सयौँ त्यस्ता रेकर्ड बन्न सक्ने सम्भावना छ । खराब मौसमका कारण एक हजार भन्दा बढी हवाई यात्रा रद्द गरिएको छ भने सडक दुर्घटनामा परेर चार जनाले ज्यान गुमाएका छन् ।

    नेसनल वेदर सर्भिसका अनुसार हावाको झोक्का समतल क्षेत्रबाट पूर्वी तटीय क्षेत्र तर्फ फैलिँदैछ जसकारण नोभेम्बर महिनामा समेत त्यस क्षेत्रका बासिन्दालाई ‘जाडो मौसम जस्तै’ अनुभूति हुन सक्ने त्यो निकायले चेतावनी दिएको छ । सबैभन्दा कम तापमान गार्डेन सिटीमा मापन गरिएको छ जहाँको तापक्रम माइनस १८ डिग्री सेल्सियस पुगेको बताइएको छ ।

    शिकागोमा पनि हाल सम्मकै कम तापमान मापन गरिएको छ। शिकागोको तापक्रम सन् १९८६ को भन्दा कम रहेको बताइएको छ । अमेरिका र मेक्सीकोबीचको सीमा नजिकै रहेको टेक्सस राज्य स्थित एउटा सहरमा दुर्लभ हिमपात भएको बताइएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।