• एक क्षणमै तिमी करोडपति बन्दछौ अनि दोस्रो क्षणमा दरिद्र

    November 13, 2019     2:29 pm

    धर्म ग्रन्थ अनुसार, कलियुगको आरम्भमा कुरुक्षेत्रको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । हस्तिनापुरका राजा धृतराष्ट्र९ जो आँखा देख्दैन थिए० लाई सञ्जयले महाभारत युद्धका क्रममा भएका घटना क्रमको वर्णन गर्ने क्रममा प्राप्त भएको हो । सञ्जयलाई युद्ध भूमिमा नगई त्यहाँका सबै घटना र विवरण देख्नसक्ने दिव्य दृष्टि प्राप्त भएको थियो । गीता युद्धको मैदानमा भगवान श्री कृष्णले अर्जुनलाई दिएको दिव्य ज्ञानको रुपमा महाभारतमा व्याख्या गरिएको छ । यसमा १८ अध्याय छन् ।

    गीता ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो । हिन्दुधर्ममा यसको विषेश महत्व रहिआएको छ । यहाँ हामीले गीताका केही सारहरु उल्लेख गरेका छौं । जुन तपाईंको जिवनमा पनि उपयोगी बन्न सक्छन् ।

    – आत्माले न कल्यिै जन्म लिन्छ न कहिल्यै मर्छ नै ।

    – तिमी वितेको समयको कदापी पश्चताप नगर, अनि भविष्यको चिन्ता पनि नगर । बस्, वर्तमान राम्रो सँग चलाउ ।

    – चिन्ता र डर त्याग स् किन व्यर्थ चिन्ता गर्छौ रु को देखि डराउदछौ रु तिमीलाई कसले मार्छ र रु

    –तिम्रो के गएको छ र व्यर्थै तिमी रुन्छौ रु तिमीले जन्मदा के लिएर आएका थियौ र अहिले के हरायौ रु

    – तपाईं ढुक्क हुनुहोस् जे भयो, त्यो एकदम राम्रो भयो । जे हुँदैछ, त्यो पनि राम्रै हुँदैछ । अनि, जे हुनेछ, त्यो झनै राम्रो हुनेछ ।

    – बेकार किन आतिन्छौं रु तिमीले अहिले सम्म के पैदा गरेका थियौ र त्यो नाश भयो रु

    – चिन्ता नगर, तिमीले जन्मदा सँगै केही लिएर आएका थिएनौ । जे पायौ, त्यो यहीँबाट पायौ । जति दियौ, त्यो पनि यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जाँदै छौ । जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो र भोलि अरु कसैको हुनेछ ।

    – तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ भने त्यही खुसी नै तिम्रो दुःखको मूल कारण बन्न सक्छ ।

    – छाड चिन्ता नगर । अब देखि मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने कुरा नै मनबाट हटाइदेऊ त्यसपछि सबै तिम्रो हुनेछ र तिमी सबैको हुने छौ ।

    – एक क्षणमै तिमी करोडपति बन्दछौ, अनि दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।