• समृद्धिको लागि मेरो उम्मेदवारी ः विद्या

    November 13, 2019     2:25 pm

    पोखरा २७ कार्तिक । प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार विद्या भट्टराईको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भिमसेनचोक स्थित शहिद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुरू भएको छ । माल्यार्पण पछि बोल्दै उम्मेदवार भट्टराईले शहीदको सपना साकार पार्ने प्रतिवद्धता जनाइन् । उनले विकाशको लहर ल्याउँदै गरिवीको रेखामुनी रहेका नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । महिला र यूवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । उनले देश र जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न आँफू उम्मेद्वार बनेर आएको उनले बताइन् । चुनावी घरदैलो अन्तर्गत अहिले पोखराको वडा नं ९ का विभिन्न ठाउँमा अहिले कार्यक्रमहरु भइरहेको प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।

    यसैबीच नेकपाको चुनावी कार्यक्रम अन्तर्गत पोखरा १५ स्थित अमिनतारा टोलमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै पूर्व स्वास्थमन्त्री तथा नेकपा गन्डकी प्रदेशका सह इन्चार्ज खगराज अधिकारीले भूमिहिनका सबै समस्या सुल्झाउन अब दिन गने काम गर्ने बताए । अब भूमिहिनका समस्या बाँकी नराखी काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले समृद्दिको लागि नेकपा उम्मेद्वार विद्या भट्टराईलाइ अत्यधिक बहुमतले विजयी गराउन अपील समेत गरेका छन् । कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमु आभासले पनि विद्याको पक्षमा माहौल बन्दै गएको भन्दै जीतको सुनिश्चितता भइसकेपनि भारी मतले विजयी गराउन अनुरोध गरे ।

    पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले वडाले टोल टोलमा गरेका विकाश निर्माण गतिविधिबारे जानकारी गराएका थिए । उक्त टोलमा स्थानीय लक्ष्मी परियारको संयोजकत्वमा ५१ सदस्यीय अमिनतारा टोल निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा वडा कमिटी १५ का अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिए ।

    पूर्व स्वास्थ्यमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी गण्डकी प्रदेशका सह ईन्चार्ज खगराज अधिकारीले नेकपा भूमिहिनहरु र आम श्रमजीवीको पार्टी भएको बताएका छन् । बुधबार पोखरा ९ स्थित साँघुमुखमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता अधिकारीले सम्पूर्ण श्रमजीवि र भूमिहिनहरुलाई समेटेर अघि बढ्ने नेकपा बाहेक विकल्प नभएको दावी गरे । उनले एक वर्ष भित्र सबै भूमिहिनहरुले भूमिको स्वामित्व प्राप्त गर्ने समेत बताएका छन् । नेकपाको चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम अन्र्तगत उम्मेदवार सहितको घरदैलो कार्यक्रम चलिरहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।