• डा। केसीका माग सम्बोधन गर्न साझा पार्टीको माग

    November 13, 2019     2:08 pm

    पोखरा। साझा पार्टीले डा। गोविन्द केसीका माग सम्बोधन गर्न माग गरेको छ। पोखराको मानव अधिकार चोकमा मङ्गलबार कोण सभाको आयोजना गरि साझाले डा। गोविन्द केसीका मागहरू पुरा गरि उनको जीवन रक्षाका लागि पहल गर्न माग गर्दै प्रदर्शन गरेको हो। यद्यपि सिमा मि’चिएको प्रतिकुल अवस्थाका लागि भन्दै डा। केसीले मङ्गलबार अपरान्हबाटै आफ्नो अ’नशन स्थगित गरिसकेका छन्।

    कोण सभालाई सम्बोधन गर्दै पार्टीकी केन्द्रीय सदस्य तथा आसन्न उपनिर्वाचनमा कास्की क्षेत्र नं २ की उम्मेदवार रजनी केसीले शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातलाई पूर्ण रुपमा राज्यको नि’यन्त्रणमा नराखिएसम्म डा। केसी जस्ता सत्याग्र’हीले पटकपटक अनशन बस्नुपर्ने दुखद अवस्था आइरहने बताइन। आफ्नो पार्टीको मुख्य नारा नै स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायात राज्यको दायित्व भित्र राखिनुपर्ने भन्दै जनताको स्वास्थ्य माथि खेलवाड गर्नेहरूलाई निर्वाचनबाटै प’रास्त गर्नुपर्ने धारणा राखिन।

    कोण सभालाई साझा पार्टी कास्कीका संयोजक अर्जुन खनालले पनि सम्बोधन गरेका थिए। आफूसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने लगायतका माग राख्दै केसीले डडेलधुरामा १७औं अ’नशन शुरु गरेका थिए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।