• बुधबारदेखि पोखरामा आँखादान कार्यक्रम

    November 12, 2019     12:45 pm

    चिप्लेढुङ्गा, २६ कात्तिक-पोखरामा आँखादान कार्यक्रम गरिने भएको छ । मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिने आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

    बुधबार बिहान साइमन पार्टी प्यालेसमा उक्त आँखादान कार्यक्रम हुने र सोको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । दृष्टिविहीनलाई आँखादान गरेर संसार देखाउने अभियानलाई सफल बनाउन कार्यक्रमको आयोजना गरिएको पौडेलले बताउनुभयो ।

    “मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “अहिलेसम्म ५० जनाले आँखादानका लागि प्रतिबद्धता गरेका छन् ।” हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कार्यक्रम हुने सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिनुभयो । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।