• पोखरमा जीवनशैली फेसन सो हुँदै

    November 12, 2019     8:27 am

    आर एन्ड आर ग्रुपले कात्तिक २९ गते पोखराको स्वीस इन्टरनेसनल होटलमा ‘जीवन शैली’ थिममा फेसन सो आयोजना गर्दै छ । विगत एक दशकदेखि विभिन्न इभेन्ट तथा फेसन सो आयोजना गर्दै आएको ग्रुपले काठमाडौँ बाहिरका विभिन्न शहरमा फेसन सो आयोजना गर्ने क्रममा यसपटक पोखरमा गर्न लागेको हो । यसअघि धनगढीमा पनि फेसन सो आयोजना गरिएको थियो ।

    ‘भिजिट नेपाल २०२०’ लाई प्रबद्र्धन गर्ने उद्देश्यले पोखरमा सो गर्न लागिएको आर एन्ड आर ग्रुपकी मञ्जु श्रेष्ठले जानकारी दिइन् । सोमा नेपालमा उत्पादन हुने फेब्रिकबाट बनेका पहिरन प्रदर्शन गरिनेछ । नेपाली सिल्क, ढाका, अल्लो, कटन लगायत प्रयोग गरेर नेपाली जीवनशैली झल्किने पहिरन तयार पारेर सो आयोजना गर्न लागिएको मञ्जुले बताइन् ।

    काठमाडौँ सयौँ फेसन सो आयोजना हुने भएपनि मोफसलमा अझैपनि फेसन सो कमै हुने गरेकाले आर एन्ड आर ग्रुपले देशका विभिन्न शहरमा सो आयोजना गर्ने गरेको बताइएको छ । काठमाडौँ बाहिर पनि फेसन डिजाइनर, मोडल तथा फेसनप्रति रुचि राख्नेहरू भएकाले उनीहरूलाई लक्ष्य गरेर सो आयोजना गरिएको हो । भम्रण वर्षको प्रचार÷प्रसार र स्थानीय कालसंस्कृति झल्किने पहिरन पर्दशन गर्नाकालागि सम्बन्धित शहरमा नै फेसन सो गर्ने गरिएको मञ्जु बताउँछिन् । ‘देशका विभिन्न भूभागका कलासंस्कृति झल्किने पहिरन फेसन सो मार्फत काठमाडौँमा पनि देखाउन सकिन्छ तर, स्थानीय तहमै सो गरेर देखाउँदा त्यहाँका जनतालाई अपनत्व फिल हुने भएकाले देशका भिन्न÷भिन्न शहरमा सो आयोजना गर्ने गरिएको उनी बताउँछिन् ।

    फेसन सोमा १६ जना मोडलले विभिन्न डिजाइनरका पहिरन प्रदर्शन गर्नेछन् । सोमा जुजु वेयर, अल्लोबाट फेब्रिक बनाउने करुणा, सिल्क उत्पादन गर्ने सेरी वल्र्ड, बीएस अटायर, गिफ्ट नेपाल, ढाका उत्पादन गर्ने सभा नेपाल, नेपाली कटन उत्पादन गर्दै आएको एकादेशमा, अग्रशील नारी संस्था एन्डा चर्खा लगायतले सहभागिता जनाउने छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।