• राप्रपाको चुनाव प्रचारप्रार अभियान : ब’न्दुक बोकाउनेहरु मालिक, बोक्नेहरु खाडीमा – अध्यक्ष थापा

    November 11, 2019     8:43 pm

    राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले अहिले दुई तिहाईको कम्प्युनिष्ट सरकार भएपनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताएका छन् । सोमबार पोखरा महानगरपालिका वडा नं. ३३ को भरतपोखरी, वडा नं. २१ को कृष्ती र वडा नं. ९ को बसपार्कमा भएको चुनावी घोषणा सभामा बोल्दै थापाले परिवर्तनको अनुभूति, हिन्दु राष्ट्र र सवैधानिक राजसंस्था स्थापनाका लागि राप्रापा अपरिहार्य रहेको बताए ।

    उनले देशमा पछिल्लो समय मौलाउदै गएको भ’ष्ट्राचार र द’ण्डहिनताको अन्त्यको लागि राप्रपालाई जिताउनुपर्ने बताए । कार्यक्रममा बोल्दै थापाले छातिमा हात राखेर देशलाई संरक्षण गर्ने हैसियत दिन सबैलाई आग्रह गरे । स्वतन्त्र नागरिकको हैसियतले राप्रपाका उम्मेदवारलाई जिताउन पोख्रेली जनतालाई आग्रह गरे । अध्यक्ष थापाले भने ‘हिजो ब’न्दुक बोक्नेहरु आज अरबको खाडीमा पुगेका छन् र ब’न्दुक बोकाउनेहरु देशको मालिक भएर बसेका छन्’ ।

    नेकपा र कांग्रेस पटक पटक सरकारको नेतृत्व गरेको भएपनि देशमा कुनै परिवर्तन ल्याउन नसकेको बताउदै भने ५० लाख युवालाई विदेशमा पठाएर कसरी हामीले देशेको मुहार फेर्न सक्छौं ? प्रश्न गर्दै उनले भने ‘अहिले लोकतन्त्रको नाममा लुटतन्त्र चलेको छ ।’ देशमा भ’ष्ट्रचार मौलाएको छ भ’ष्ट्रचार मुक्त शासन व्यवस्था कायम गर्न राप्रपाको गाई चिन्हको मतदान गर्न अध्यक्ष थापाले आग्रह गरे ।

    चुनावी कोणसभामा उम्मेदवार रोमबहादुर भण्डारी, पार्टी उपाध्यक्ष तोरण बहादुर गुरुङ, प्रदेश अध्यक्ष हेमजङ गुरुङ, सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य डा. भिमसेन गुरुङ, शिव चालिसे, नरहरी तिमिल्सिना, कुल बहादुर गुरुङ कुलु, जिल्ला निर्वाचन परिचालन समिति संयोजक तथा केन्द्रीय सदस्य जयलाल पुन, सहायक महामन्त्री, बिन्दु पहारी, क्षेत्रिए अध्यक्ष कृष्णराज अधिकारी, वडा नं. २१ का धनबहादुर कार्की र खेमबहादुर मल्ल लगायतले हिन्दुराष्ट्र र राजसंस्था राप्रपाको मुटु भएको बताउदै राष्ट्रियता जोगाउनको लागि नेपालको एकमात्र राष्ट्रवादी पार्टी राप्रपालाई मत दिन सबैलाई आग्रह गरे ।

    कार्यक्रममा केन्द्रीय नेताहरु लगायत जिल्ला पदाधिकारीहरु, युवक संगठनका पदाधिकारीहरु तथा सदस्य उपस्थित रहेको कुरा प्रचारप्रचार समितिका उपसंयोजक प्रकाश सापकोटाले बताए । तिनै वडाहरुमा चुनाव प्रचारप्रसार समिति कार्यालय समेत प्रमुख अतिथि थापाले चिर्वाचन प्रचारप्रसार समितिको कार्यालयको उद्घाटन गरको छन् । कार्यक्रमको संचालन प्रदेश सचिव वरुणबिक्रम राणाले गरेका थिए । त्यसैबिच आज मंगलबार पोखराको विरौटाचोकमा विशाल आमसभा हुने कुरा प्रचारप्रसार संयोजक सूर्य बास्तोलाले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।