• विप्लव नेकपा कास्कीका नेता लम्साल सत्तारुढ नेकपामा प्रवेश

    November 11, 2019     8:52 am

    पोखरा,२४ कात्तिक । नेत्रविक्रम चन्द(विप्लव) नेकपा कास्कीका एक नेता सो पार्टी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । शनिबार विहान नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग पोखरामा भेट गरेका उनले भोलिपल्ट विज्ञप्ती मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । सो अवसरमा अध्यक्ष प्रचण्डले लम्साललाई खादा लगाएर स्वागत गरेका थिए ।

    शुरुआतदेखीनै विप्लवको पार्टीमा आवद्ध भएर कास्की जिल्ला कमिटि सदस्य तथा युवा सङ्गठनको विभिन्न जिम्मेवारीमा रहेका माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोक घर भएका भगवती प्रसाद लम्साल(राजेश) ले आज प्रेस विज्ञप्ती जारी गरी सो पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको जनाएका छन् ।

    विप्लव नेकपाबाट देश र जनताको परिर्वतन सम्भव नरहेकाले पार्टी छाडेको बताउँदै लम्सालले शान्तिपूर्ण राजनीतिक गतिविधिका माध्यमबाट जनताको सेवाका लागि सत्तारुढ नेकपा रोजेको विज्ञप्तीमा उल्लेख छ । लम्सालले पार्टीले सुम्पिएको जिम्मेवारीलाई शान्तिपूर्ण राजनीतिका माध्यमबाट पूरा गर्दै संगठन विस्तार तथा सामाजिक कार्यमा अवका दिनमा क्रियाशिल रहने प्रतिवद्धता जनाएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।