• कास्कीमा उपनिर्वाचन : राप्रपा चुनाव प्रचारप्रसारमा

    November 10, 2019     5:11 pm

    कास्की- राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मङ्सिर १४ गते कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको तयारीमा जुटेको छ ।

    पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रोमबहादुर भण्डारीसहितको पार्टीका नेता तथा कार्यकर्ता सम्मिलित टोलीले आज पोखरा महानगरपालिका–११ काँहुडाँडा लगायतका स्थानमा घरदैलो कार्यक्रम गरेको छ । काहुँडाँडास्थित काहुँकोट देउराली मन्दिरमा पूजाआजा गरी शुरु गरीएका उक्त घरदैलोमा उम्मेदवार भण्डारीले हिन्दू राज्य स्थापनाका लागि राप्रपालाई मत दिन आग्रह गरे ।

    चुनाव प्रचारप्रसार अभियानअन्तर्गत आजै फूलबारी, महेन्द्रपुल, रानीपौवाका साथै पोखरा महानगरपालिका–१७ का विभिन्न स्थानमा घरदैलो गरिएको छ । घरदैलोका क्रममा उम्मेदवार भण्डारीले राष्ट्रिय मु’द्दासहित हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था, भ’ष्ट्रचारमुक्त शासन व्यवस्थाका लागि पार्टीको चुनाव चिह्न गाईमा मतदान गर्न आग्रह गरे । पार्टीले प्रचार अभियानलाई तीव्रताका साथ अघि बढाउने जानकारी दिँदै प्रचारप्रसार समिति संयोजक सूर्य बाँस्तोलाले आइतबार पोखरा महानगरका विभिन्न वडामा घरदैलो कार्यक्रम गरिने जानकारी दिए ।
    रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।