लस एन्जलस-अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा ख’सेर दुर्घ’टना भएको छ । उक्त दुर्घ’टनापछि सो विमानका चालकको पनि मृ’त्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा ख’सेको थियो ।
विमान छतमा ख‘स्नासाथ घरमा आ’गो लाग्ने त्रा’सले अ’ग्निनियन्त्रकहरु सो क्षेत्रमा तत्कालै पुगेका थिए । उक्त विमान अपल्याण्डको केबल विमानस्थलबाट उडेको थियो । प्रत्यक्षदर्शीहरुले उक्त विमान निकै होचोगरी उडेको र बस्तीको एक घरको छतमा ठो’क्किन पुगेको बताएका छन् ।
त्यस घरमा एकजना पुरुष र उनको छोरा बसेका थिए । विमान छतमा ठो’क्किएपछि उनीहरु भने भा’ग्न सफल भएको स्थानीय टेलिभिजनले जनाएको छ । एकमात्र इन्जिन भएको सो विमान एसआर २२ नामको सानो विमान हो । उक्त विमानको दु’र्घटनाको कारण भने पत्ता लागेको छैन ।