• हिन्दु राष्ट्र जोगाउनु पर्छ – भण्डारी

    November 9, 2019     1:01 pm

    मंसिर १४ गते हुने प्रतिनिधिसभा तर्फ कास्कीको क्षेत्र नं–२ मा रोम बहादुर भण्डारीले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता पछि शुक्रबारका दिन घरदैलो अभियानमा भण्डारी लागेका छन् । शुक्रबार ठुली एकादशीका दिन रामघाट, तुलसीघाट, गलेश्वर मन्दिर, केदारेश्वर मन्दिर, बगरको क्यासिङ पुल लगायत विभिन्न धार्मिक क्षेत्रहरुमा पुगी हिन्दु राष्ट्र जोगाउनु पर्छ भन्दै चुनावि प्रचार प्रसारमा जुटेका छन् ।

    सबै धर्महरुको विविध समानता र एकता कायम गरी नेपाललाई हिन्दुराज्य कायम गरी राष्ट्रिय स्वतन्त्रता र अखण्डताको संरक्षण गर्ने मुल मन्त्र एवम् देशका विकराल समस्याको अन्य र हिन्दुराज्य कायम गर्न राप्रपालाई मत दिनुहोस् भन्दै भण्डारी चुनावी प्रचार प्रसारमा लागेका छन् । निश्चित उद्देश्य प्राप्तिको एजेण्डा बोकेको राप्रपाका लागि यो चिर्वाचनको विशेष महत्व रहेको कुुरा समेत उनले व्यक्त गरेको छन् ।

    बिहीबार कास्कीमा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाको नेतृत्वमा उपाध्यक्ष राजीब पराजुली, उपाध्यक्ष तोरणबहादुर गुरुङ, गण्डकी प्रदेश अध्यक्ष हेमज· गुरुङ, चन्द्र बहादुर गुरुङ सहित केन्द्रीय पदाधिकरीको नेतृत्वमा पोखराको पृथ्वीचोकबाट निस्केको विशाल ‍¥याली, सृजनाचोक, रत्नचोक, राष्ट्रबैंकचोक हुँदै निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए ।

    उम्मेदवार घोषणा सभामा बोल्दै प्रमुख अतिथि राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था अपरिहार्य रहेको बताएका थिए । देशमा पछिल्लो समय मौलाउदै गएको भष्ट्राचार र दण्डहिनताको अन्त्यको लागि राप्रपालाई जिताउनुपर्ने भन्दै राप्रपालाई मत दिएर हिन्दु राज्यको पक्षमा मत जाएर गर्न क्षेत्र नं. २ का जनतालाई अध्यक्ष थापाले आग्रह गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।