• जोन्टा क्लब, पोखराद्वारा शतवार्षिकीमा विश्व शान्ति स्तुपामा दीप प्रज्ज्वलन

    November 9, 2019     12:56 pm

    पोखरा, २२ कात्तिक । जोन्टा इन्टरनेशनलको स्थापनाको सय वर्ष पूरा भएको अवसरमा जोन्टा क्लब, पोखराले विश्व शान्ति स्तुपामा दीप प्रज्ज्वलन गरी मनाएको छ । जोन्टा इन्टरनेशनलको शतवार्षिकीका अवसरमा आज साँझ दीप प्रज्ज्वलन गरिएको हो । “सेवा र समर्थनका माध्यमबाट महिलालाई सशक्तिकरण गरौं” भन्ने मूल नाराका साथ सेवामूलक क्लबका रुपमा सन् १९१९ नोभेम्बर ८ तारिखमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा स्थापना भएको हो ।

    व्यवसायी महिलाहरूको समूहका रुपमा स्थापना भएको यस क्लबको संस्थापक मारियान डे फरेस्ट हुन् । अमेरिकाको इलिनोइसमा प्रधान कार्यालय रहेको यस क्लब स्थापना भएको धेरै वर्ष पछि मात्र नेपालमा स्थापना भएको हो । काठमाडौंमा पाँच वर्ष अघि स्थापना भएको यस जोन्टा क्लब, पोखरामा पाँच महिनाअघि मात्र गठन भएको जोन्टा क्लब, पोखराकी अध्यक्ष लिना श्रेष्ठले जानकारी दिनुभयो ।

    महिलाको सशक्तिकरणका लागि आवाज उठाउँदै आएको संस्था भएकाले पोखरामा पनि यस संस्थाको सुरुवात भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।