• займ онлайн

    सांग्रिला बैंककोे वार्षिकोत्सव, पोखरामा २०९ जनाद्वारा र’क्तदान, कर्मचारीलाई सम्मान

    November 5, 2019     11:27 pm

    पोखरा, १९ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले सोमबार वृहत र’क्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा क्षेत्रीय कार्यालयमा आयोजित र’क्तदान कार्यक्रममा २ सय ९ जनाले र’क्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत र’क्तदान कार्यक्रम आयोजना गरिएको क्षेत्रीय प्रवन्धक दीपेन्द्र सुवेदीले जानकारी दिए ।

    वार्षिकोत्सवको अवसरमा पोखरासहित काठमाडौं, नेपालगंञ्ज र धादिङको गल्छीमा पनि र’क्तदान कार्यक्रम भएको बैंकले जनाएको छ । देशभर गरी ४ सय ६२ युनिट र’गत संकलन भएको छ ।
    १० वर्षभन्दा बढी समयदेखि कार्यरत सम्पूर्ण कर्मचारीलाई बैंकले वार्षिकोत्सवको अवसरमा सम्मानसमेत गरेको छ ।

    पोखरा क्षेत्रीय कार्यालयले पनि कर्मचारीलाई सम्मान गरेको सुवेदीले जानकारी दिए । वार्षिकोत्सवकै अवसरमा बैंकले शनिबार काठमाडौंमा प्रभातफेरी कार्यक्रम गरेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।