• प्रदेश नंं ५ को राजधानीको फैसला जनताले गर्नेछन् : अध्यक्ष प्रचण्ड

    November 5, 2019     10:45 pm

    कोहलपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौगोलिक बनावट सुहाउने गरी प्रदेश नं ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने बताएका छन् ।

    नेकपा कोहलपुरले आयोजना गरेको विजयादशमी दिपावली तथा छठ पर्वका अवसरमा आयोजित कार्यक्रममा उनले जनताको फैसला नै अन्तिम हुने भएकाले त्यसतर्फ जनप्रतिनिधिको ध्यान जानुपर्नेमा जोड दिए ।

    “प्रदेश नं ५ को राजधानी प्रदेशको केन्द्रमै पर्नेगरी हुनेछ”, प्रचण्डले भने, “प्रदेशको केन्द्र पर्ने गरी नयाँ ठाउँ विकास गरे झन राम्रो हुनेछ अन्तिम फैसला जनताको नै हुनेछ ।” उनले आफ्नो पार्टीबाट वडा नं ६ मा उम्मेदवार बन्नुभएका रामशरण थारुको जीत सुनिश्चित रहेको बताए ।

    कोहलपुर–६ कमिटीका अध्यक्ष लक्ष्मण पाण्डेको प्रस्तावमा थारु सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका थिए । थारु गत स्थानीय चुनावमा पनि वडा अध्यक्षका उम्मेदवार थिए । रामसोहन थारुको गत मङ्सिर ९ गते हृदयाघातका कारण निधन भएपछि वडा अध्यक्ष पद रिक्त भएको हो ।

    अघिल्लो निर्वाचनमा एक हजार ९६४ जना मतदाता रहेको उक्त वडामा हाल मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार राम सोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।