• कोरियन मोडलमा जापानले नेपाली कामदार लैजाने

    March 25, 2019     6:06 pm

    पोखरेली न्युज / चैत ११ जापान सरकारले दक्षिण कोरियाली मोडलमा नेपाली कामदार लैजाने भएको छ ।

    नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिको विषयमा सोमबार सम्झौता भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रासद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोबीच सम्झातामा हस्ताक्षर भएको हो । हस्ताक्षर समारोहमा श्रममन्त्री गोकर्ण बिष्ट उपस्थित थिए ।

    जापान सरकारले यो पटक आप्रवासी कामदार लिने भएको भयो । योभन्दा अगाडि औद्योगिक प्रशिक्षर्थीमात्र लिने गरेको थियो ।

    दक्षिण कोरियामा जान जस्तै जापानको लागि पनि भाषा परीक्षा उत्तिर्ण गर्नुपर्ने हुन्छ ।

    कम्तीमा ३ लाख ४५ हजार विदेशी कामदारलाई हरेक वर्ष रोजगारी भिसामा जापानले लग्ने छ । नेपालबाट न्यूनतम पनि २५ हजार जना कामको लागि जापान जान सक्नेछन् ।

    १४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा विदेशी कामदार प्रयोग गर्ने जापानी तयारी छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।