• займ онлайн

    लोकसेवा आयोगः सङ्घमा दर्खास्त दिनेको सङ्ख्या ह्वात्तै घट्यो

    November 5, 2019     10:22 pm

    काठमाडौं– लोक सेवा आयोगमा सङ्घतर्फ गत आर्थिक वर्षको तुलनामा आवमा २०७५/७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा गत आवको तुलनामा आव २०७५/७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए ।

    आयोगमा कूल एक हजार १७४ पदका लागि कूल एक लाख ४३ हजार ८४० दर्खास्त परेका थिए । आव २०७४/७५ मा कूल तीन हजार २३८ पदका लागि पाँच लाख ६७ हजार ८५३ मा दर्खास्त परेका थिए । आव २०७४/७५ मा पनि आव २०७३/७४ मा भन्दा ३३ प्रतिशत कम दर्खास्त परेको थियो । आव २०७४/७५ मा वन सेवाका विभिन्न श्रेणीविहीन पदका लागि विज्ञापन नभएका कारणले कूल दर्खास्त सङ्ख्यामा न्यून देखिएको हो । उनले कर्मचारी समायोजन प्रक्रियाका कारण सरकारबाट न्यून सङ्ख्यामा मात्र कर्मचारी पदपूर्तिका लागि माग भएकाले दर्खास्तमा कमी आएको बताए । कूल २५७ वटा मात्र विज्ञापन गरिएका थिए । सबैभन्दा बढी खरदार तहमा ६४ हजार ७३३ दर्खास्त परेको छ । खरदारपछि नायब सुब्बा र शाखा अधिकृत रहेका छन् ।

    आयोगबाट सञ्चालित परीक्षामा सम्मेलित ६५ जना उम्मेदवारलाई विभिन्न किसिमका कारवाही गरिएको छ । स्थानीय तहमा भएको नौ हजार १६१ पदका लागि भने कूल पाँच लाख २८ हजार ९६८ दर्खास्त परेको आयोगका सहायक प्रवक्ता सुवेदीले जानकारी दिए । आयोगले आव २०७५/७६ मा कूल चार हजार ५७४ जना उम्मेदवारलाई स्थायीमा सिफारिस गरेको छ । त्यसमा एक हजार ४४८ अर्थात् ३२ प्रतिशत महिला र तीन हजार १२६ अर्थात् ६८ प्रतिशत पुरुष रहेका छन् ।

    यसैगरी आयोगले २८ निकायका लागि तीन हजार ४६ विज्ञापनबाट २४ हजार ४७२ पदपूर्तिका लागि विज्ञापन गर्ने सहमति प्रदान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका विज्ञापनमा कूल तीन लाख ३८ हजार ३९१ दर्खास्त परेका थिए । दर्खास्त परेकामध्ये एक लाख ९८ हजार ६८२ जना परीक्षामा सम्मेलित भएका थिए । तीमध्ये ३७ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष रहेका छन् । आयोगले आव २०७५/७६ मा सुरक्षा निकाय र सङ्गठित संस्थामा ६५९ वटा विज्ञापनका लिखित नतिजा प्रकाशन गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    बढी दर्खास्त प्रदेश नं २ : यसैगरी सबभन्दा बढी दर्खास्त दिनेका प्रदेश नं २ का रहेका छन् । उम्मेदवारको स्थायी ठेगानाका आधारमा प्रदेश नं २ बाट कूल दर्खास्तको २९ प्रतिशत पर्ने गरेका छन् । सबैभन्दा बढी दर्खास्त दिनेमा सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी र सिरहा जिल्ला रहेका छन् । यस्तै कम दर्खास्त पर्नेमा मनाङ, मुस्ताङ, रसुवा, नवलपरासी पश्चिम र डोल्पा जिल्ला रहेका छन् । प्रतिवेदनमा सबभन्दा बढी दर्खास्त उमेर समूह २१–२५ वर्ष रहेको छ । ती उमेर समूहका ३५ प्रतिशत रहेका छन् । दर्खास्त दिने औषत उमेर २६ वर्ष रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।