November 5, 2019 12:50 pm
अमिक शेरचन गण्डकी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएपछि कतिपयले सामाजिक सञ्जालमा लेखे–राष्ट्रपति बनाउनुपर्ने मान्छे प्रदेश प्रमुख भए । उपप्रधानमन्त्री भइसकेका बरिष्ठ कम्युनिस्ट नेता अमिक शेरचनका अनेक परिचय छन् ।
नेकपा चौम हुँदै कम्युनिस्ट आन्दोलनको नेतृत्वमा आएका शेरचन ०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित भएका थिए । त्यतिबेला प्रचण्ड नेतृत्वको माओवादी पार्टी एउटै थियो । नौ सिट जितेर संसदको तेस्रो पार्टी बनेको जनमोर्चा ०५१ मा नेकपा माओवादी फु’टेपछि कमजोर बन्यो । शेरचन त्यसपछि संयुक्त जनमोर्चाको लामो समय अध्यक्ष भए । ०५१ सालमा उनी पराजित भए । ०५६ सालमा रामेछापमा तत्कालीन एमालेको सहयोगमा उम्मेदवार बन्दा पनि उनी जित्न सकेनन् ।
तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भएको सात दलको आन्दोलनमा अमिक शेरचन एक नेता थिए । त्यो आन्दोलनबाट शेरचन राष्ट्रिय नेताका रुपमा उदाए । उनी जनआ’न्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बने । त्यसबेला तत्कालीन एमालेबाट केपी ओली उपप्रधानमन्त्री थिए । ओली र शेरचनमध्ये को बरिष्ठ उपप्रधानमन्त्री बन्ने भनेर लामै समय वि’वाद पनि भयो । अन्ततः ओली नै पहिलो बरियतामा रहे । शेरचन ०६४ को संविधानसभामा चितवनबाट निर्वाचित भए ।
पहिलो राष्ट्रपति निर्वाचनमा तत्कालीन एकता केन्द्रले माओवादी समर्थित रामराजाप्रसाद सिंहलाई समर्थन गरेको थियो । तर, सोही पार्टीका नेता शेरचनले भने पार्टी निर्णय अ’वज्ञा गर्दै रामवरण यादवलाई मत दिएका थिए । माओवादी र एकता केन्द्रको एकीकरणपछि शेरचन पार्टीको स्थायी कमिटी सदस्य रहे । पछिल्लो समय स्वास्थ्यका कारण पनि सक्रिय नभएका शेरचन पार्टीको आमन्त्रित स्थायी कमिटी सदस्य छन् । onlinekhabar