• राजेश हमालदेखि रवि ओडसम्म सात कलाकारका साथ सातै प्रदेशमा ‘सप्तरङ्ग २’, मँसिर ४ गते पोखरामा

    November 4, 2019     9:59 pm

    काठमाडौं । देशको सातै प्रदेशमा साँस्कृतिक कार्यक्रम ‘सप्तरङ्ग २’ हुने भएको छ । ‘सप्तरङ्ग’को सफलतापछि दोस्रो श्रृङ्खला सुरु हुन लागेको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग २’ को जानकारी गराएको छ । ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक नेपाल सरकारको अभियान भिजिट नेपाल–२०२० लाई समेत यस कार्यक्रमले टेवा पुर्याउने बताए ।

    दोस्रो श्रृङ्खलाको लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हाँस्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड जोडिएका छन् । कलाकारले सातै प्रदेशमा पर्यटन प्रवर्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।

    संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको कार्यक्रम कार्तिक २० गते विर्तामोडबाट सुरु हुनेछ । विर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते वीरगञ्ज, २४ गते चितवन, २६ गते नेपालगञ्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ ।

    कार्यक्रममा राजेश हमाल, सुगम पोखरेल, जीतु नेपाल, प्रकाश सपुत र रवि ओडको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन प्रदेश प्रमुखले गर्ने समेत उक्त अवसरमा जानकारी दिइयो । कार्यक्रम टिभीएस अपाचे मोटरसाइकलले टाइटल स्पोन्सर गरेको छ ।

    कार्यक्रमले हामी नेपाली सबैलाई एकआपसमा जोड्ने काम गर्ने अभिनेता राजेश हमालले बताए । उनले कार्यक्रममार्फत दर्शक भेट्न आफु उत्साहित रहेको समेत सुनाए ।- राताेपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।