चितवन– भ्रष्टा’चारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आ’क्रमण गर्ने एक जनालाई प्रहरीले प’क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अ’भियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल प’क्राउ परेका हुन् ।
प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ प’क्राउ गरिएको हो । प’क्राउ परेका पोख्रेलमाथि अ’नुसन्धान शुरु गरिएको छ । अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।
गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आ’क्रमण भएको थियो । कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आ’क्रमण भएको थियो ।