• займ онлайн

    अमेरिकामा चुनावी सरगर्मी बढिरहँदा डेमोक्रिटिक उम्मेदवारहरुको उपस्थित कमजोर बन्दै

    November 4, 2019     3:24 pm

    अमेरिका– आगामी नयाँ राष्ट्रपतिका लागि अमेरिकामा चुनावी सरगर्मी बढिरहँदा डेमोक्रिटिक उम्मेदवारहरुको उपस्थित कमजोर बन्दै गएको छ ।अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरी उम्मेदवार बेटो ओरोर्कले उम्मेदवारी नदिने घोषणा गरेका छन् । भने अर्की उम्मेदवार कमला ह्यारिसले चुनावमा खटिएका कर्मचारी कटौती गर्दै कार्यलयहरु धमाधम बन्द गर्न थालेकी छिन् ।

    बेटो ओरोर्कले शुक्रबार आफ्नो चुनावी अभियान समाप्त गर्दै राष्ट्रपति पदमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् । आफूले प्रतिस्पर्धाका लागि प्रयाप्त फण्डरेज गर्न नसकेको बताउँदै उनले मैदान छाडेका जनाएका छन् । ओरोर्कले सन् २०१९ को तेश्रो क्वाटरमा जम्मा साढे ४ मिलियन डलर फण्डरेज गरेका थिए ।

    त्यस्तै, डेमोक्रेटिक प्राइमरी उम्मेदवार कमला ह्यारिसले न्यु ह्याम्सशायरमा तीनवटा चुनावी अभियानका अफिसहरु बन्द गरेकी छिन् । कमला ह्यारिसले डेमाक्रेटिक पार्टीका तर्फबाट क्यालिफोर्नियाबाट सिनेटमा प्रतिनिधित्व गर्छिन् । सन् २०१० भन्दा अघि उनी सान फ्रान्सिस्कोको डिस्ट्रिक्ट एटर्नीमा दुईपटक निर्वाचित भएकी थिइन् । कमला अमेरिकी सिनेटरमा निर्वाचित दोश्रो अश्वेत महिला हुन् ।

    कमला अमेरिकी सिनेटमा पुग्ने पहिलो भारतीय अमेरिकन पनि हुन् । कमलाकी आमा भारतबाट अमेरिकामा बसाई सरेकी थिइन् । कमला ह्यारिसको टिम प्राइमरी नोमिनेशन जित्न र सन् २०२० मा ट्रम्पलाई हराउनका लागि फरक रणनीतिमा लागेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।