यदि तपाईंले १२ कक्षा वा सो सरहकोे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको हुनुहुन्छ र १८ बर्ष पुगेको भए डीभी भर्न योग्य हुनुहुन्छ ।उक्त शिक्षा नभए तपाईँसँग विगत पाँच वर्षभित्र कम्तिमा दुई वर्षको काम गरेको अनुभव हुनु पर्दछ,, ।
डीभी २०२१ को आवेदन दिन यो लिंकमा https://dvlottery.state.gov/ क्लिक गरी सन् २०१९ अक्टोबर २ तारिख बुधबार बाट २०१९ नोभेम्बर ५ तारिख मंगलबार सम्ममा डीभी भरिसक्नु पर्ने हुन्छ ।
तपाईंले आफ्नो व्यक्तिगत वा आश्रित परिवारको पनि आवेदन दिन सक्नु हुन्छ । यसका लागि कुनै शुल्क लाग्दैन्। डीभी भर्न अघिल्ला बर्षहरु भन्दा यसपालि केही नियम परिवर्तन भएका छन् । यसपाली तपाईंसँग डीभी भर्न अनिवार्य रुपमा राहदानी नम्बर भएको हुनु पर्दछ । पासपोर्ट बनाउनु भएको छैन भने तपाईंले आवेदन दिन सक्नु हुन्न ।