• बलेवा समाज अमेरिकाको सामाजिक काम ः बलेवा क्षेत्रका ३ वडामा ३० वडा स्टेचर बितरण

    November 3, 2019     5:17 pm

    अमेरिका । बलेवा समाज अमेरिकाले बाग्लुङ जिल्लाको बलेवा क्षेत्रका ३ वडामा ३० वटा स्टेचर बितरण गरेको छ । साविकका तिन गाविस पैयुँपाटा, अमलाचौर र नारायणस्थानमा समाजले बि’रामी, अ’शक्त, गर्भवती महिला तथा सुत्केरीलाई अस्पताल तथा स्वास्थ्य चौकी पुराउन सहयोग पुगोस भन्ने हेतुले स्टेचर बितरण गरेको जनाएको छ ।

    धेरै ठाँउमा अझै पनि मोटर बाटो नपुगेको अवस्था छ, मोटर बाटो पुगेको ठाँउ सम्म पनि बि’रामी, गर्भवती महिला, सुत्केरीलाई अस्पताल, स्वास्थ्य चौकीमा पुराउनका लागि अझै पनि नेपालका धेरै ठाउँमा स्टेचरको आवश्यकता रहेकाले स्टेचर बितरण गरिएको समाजले जनाएको छ । समाजका अध्यक्ष अनिल अधिकारीले भने, यही आवश्यकतालाई मध्यनजर गर्दै हामीले बलेवामा स्टेचर बितरण गर्ने सोँच बनाएका थियौं ।

    अध्यक्ष अधिकारीले सहयोगी मनका धनीहरुबाट सहयोग रकम प्राप्त भएकाले हामी सोचलाई सार्थक रुप दिन सफल भएको जनाएका छन् । उनले सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको जनाएका छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदीले बलेवा समाज अमेरिकाको उदाहरणिय कामलाई धन्यवाद दिँदै, प्रवासमा रहेका नेपालीहरुले आफु जन्मेको ठाँउ र नेपाल प्रति माया देखाएको भन्दै, उच्च प्रशंसा गरेका छन् ।

    कार्यक्रममा ट्रेड यूनियन कांग्रेसका क्षेत्रिय उपाध्यक्ष रामप्रसाद अधिकारी, ट्रेड यूनियन कांग्रेस बाग्लुङका जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु, वडा अध्यक्षहरु, स्वास्थ्य चौकीका प्रमुखहरु तथा थुप्रै स्थानियहरुको उपस्थितिले रहेको थियो । स्थानिय समाजसेवी तथा कार्यक्रम बितरण संयोजक बालकृष्ण शर्माले स्थानिय क्षेत्रको आवश्यकता महशुस गरेकोमा बलेवा समाजलाई धन्यवाद दिँदै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गरेका छन् । शर्माले भने, यो साँचिकै असल समाज सेवा हो, हामीलाई अझै पनि बिरामीलाई अस्पताल पुराउन धेरै ठाँउमा स्टेचरको आवश्यकता छ, यसर्थ बलेवा समाज धन्यवादको पात्र भएको छ ।

    बलेवा समाज अमेरिकाको आव्हानमा स्टेचर सहयोग अभियानमा अमेरिकामा रहेका नेपालीहरुले हातेमालो गरेका थिए । समाजका महासचिव कृष्ण सुवेदीले प्रेस बिज्ञप्ती मार्फत आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने सहयोगीहरुमा धन्यवाद ज्ञापन गरेका छन् । बिरतण कार्यक्रम स्थानिय सहयात्रा फाउण्डेशनको सहकार्यमा गरिएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।