पोखरा १६, कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा जिल्ला कमिटिको निर्णयलाई केन्द्रिय सचिवालयको शनिबार बसेको बैठकले भट्टराईलाई उमेदवार बनाउने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृृष्ण थापाले जानकारी दिए ।
नेकपाका पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, महासचिव इश्वर पोख्रेल सहितको टोलीले गरेको उक्त निर्णय गरेको हो । औपचारिक रुपमा घोषणा हुन भने बाँकी रहेको छ । नेकपा प्रदेश कमिटिले भट्टराई सहित सोमनाथ अधिकारी प्यासी, राजकाजी गुरुङ(करण) को नाम केन्द्रमा सिफारिस गरेको थियो । जिल्लाले भने भट्टराईको मात्रै नाम सिफारिस गरेको थियो ।
केन्द्रबाट भट्टराईको उमेदवारीको निर्णय भएसंगै आइतबार नेकपा जिल्ला कमिटिको बैठक बसेर चुनावी योजना बनाउने भएको जिल्ला अध्यक्ष थापाले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी हेलिकप्टर दु’र्घटनामा परी नि’धन भएको थियो। उनको नि’धनसँगै कास्की क्षेत्र नम्बर दुईमा प्रतिनिधिसभाका सदस्य पद रिक्त रहेको थियो । भट्टराई अधिकारीकी श्रीमती हुन्।