काठमाडौं– निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७ सयले वृद्धि भएको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन रु ७० हजार ५ सयमा खरीद बिक्री भएको थियो । त्यसैगरी ते’जाबी सुनको मूल्य पनि रु ७ सयले वृद्धि भएर प्रतितोला रु ७० हजार ९ सय कायम भएको छ । शुक्रबार ते’जाबी सुन प्रतितोला रु ७० हजार २०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य पनि रु १० ले वृद्धि भएर प्रतितोला रु ८ सय ७० पुगेको छ ।
पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ । कात्तिक १ गते छापावाला सुन प्रतितोला रु ७० हजार ६ सय र ते’जाबी सुन रु ७० हजार ३ सयमा खरीद बिक्री भएको थियो । रासस