• दुई महिनापछि शुरु हुनेभ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर घोषणा

    November 1, 2019     7:42 pm

    काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । अबको दुई महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै होटल एशोसिएसन अफ नेपाल , घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएसनलगायत संस्थाले पर्यटकका लागि छुट अफर ल्याएका हुन् ।

    हानले आफ्ना सदस्य होटलमा आगामी सन् २०२० को जनवरी महिनादेखि डिसेम्बर महिनासम्म होटेलका रुपमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो । उक्त अफर लागू गर्न सदस्य होटललाई आग्रह गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो । नेपाल आउने सबै विदेशी पाहुनाका लागि यस्तो छुट दिइनेछ ।

    होटल एशोसिएसन अफ नेपालमा पर्यटकस्तरदेखि पाँचतारेसम्म गरी करीब दुई हजार होटल आबद्ध छन् । एशोसिएसनको हाल १५ च्याप्टर छन् । यस्तै होमस्टे एशोसिएसनले पनि भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा २० प्रतिशतसम्म छुट दिने भएको छ । संस्थाका अध्यक्ष केशव बडालले घरबासमा खाना बस्नमा ‘लजिङ फुडिङ’ मा २० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिनुभयो । देशका ५७ जिल्लामा ६०० भन्दाबढी घरबास सञ्चालनमा रहेका छन् ।

    सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुरुप प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको छ । होटल व्यवसायीले अहिलेकै अवधिमा २५ लाख पर्यटकलाई धान्न सकिने बताएका छन् । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।