• पोखरामा माैलिक नेपाली सँवत नेपाल संवत् ११४० काे भिन्तुना र्यालि

    October 30, 2019     12:03 am

    पोखरा, कात्तिक १२ । नव वर्ष, नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ । नेवा खलः कास्कीले आज पोखरामा नेपाल संवत ११४० को अवसरमा शुभकामना र्यालिको आयोजना गर्यो । पोखरा महानगरपालिका अगाडीबाट शुरु गरिएको र्यालिमा नेवार समुदायका साथमा विभिन्न जातजाति समुदायका मानिसको बाक्लो उपस्थिति रहेको थियो ।

    र्यालिमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, संसादहरु, विभिन्न दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । महानगरपालिका अगाडी न्यूरोडबाट आरम्भ भएको र्यालि नेवाः छे नालामुख भिमसेनटाेलमा पुगेर शुभकामना सभामा परिणत भएको थियो ।

    र्यालीमा विशेषतः नेवार समुदायका मानिसले आफ्नो भेषभुषामा सजिएर सांस्कृतिक झलक प्रस्तुत गरेका थिए । र्यालिमा उनिहरुले मादल, धिमेवाजा, मुरली, लाखेनाच, ल’ठ्ठी नाच, नेवारी गीत गाउँदै खुसियाली मनाउँदै हिंडेका थिए । समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले मुलुकमा समावेशी लोकतन्त्रको अभ्यास र विकासको चरणमा रहेकाले सबै जातजाति, भाषाभाषिको विकास र सम्मानबिना समावेशी लोकतन्त्र बलियो हुन नसक्ने बताउनु भयो ।

    नेपाल संवत ११४० को शुभकामना र्यालिपछि नेवा छेँ भवन, भिमसेनटोलमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सबै जातजातिको संस्कार संस्कृतिको सम्मान तथा प्रवर्धन गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो :“सबैको सहभागिता र सम्मान गर्ने परिपाटीले साच्चिकै देशमा समावेशी लोकतन्त्रको विकास हुन्छ ।”

    प्रदेशमा भएका सम्पूर्ण जातजातिका भाषा संस्कृतिको सम्मान र प्रवर्धनले समग्र गण्डकी प्रदेशको विकास हुनेमा जोड दिनुभयो । राज्यले धर्मको संरक्षण गर्ने, सम्मान गर्ने नीति ल्यााएको छ, यसले धार्मिक सहिष्णुता कायम गर्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो । साथै उहाँले बहुभाषिक नीति अवलम्वन गरेर सरकार अगाडी वढेकोले बताउनु भयो । संस्कृतिकर्मि तीर्थ श्रेष्ठले नेपाल संवत अहिले नेवारको जस्तो देखिन थालेको छ, इतिहासले त्यो भन्दैन, उहाँले भन्नुभयो : “एकजना प्रधानमन्त्रीले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभयो, अरु प्रधानमन्त्रीको पालामा पनि अनेक घोषण गरिए, दुख लाग्ने कुरा यो हो कि राज्यले स्वामित्व ग्रहण गर्न सकेन ।” कार्यक्रम नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।