• मोटरसाईकल चोर्र्नेे तीन जना पक्राउ

    March 24, 2019     7:36 pm

    पोखरेली न्युज चैत १० / देशका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बिक्री बितरण गर्ने कार्यमा संलग्न रहँदै आएका ३ जनालाई पक्राउ गरी उनिहरुले चोरी गरेको मोटरसाईकल सहित धादिङ प्रहरीले सार्वजनिक गरेको छ ।
    पक्राउ परेकाहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का २८ बर्षका किप्पा तामाङ, सोही ठाउँका २५ बर्षका संजय लामा र धादिङ खनियाबास गाउँपालिका वडा नम्बर ५ का २० बर्षिय घनवहादुर गुरुङ रहेका छन ।
    पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
    चैत ९ गते धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ५ का प्रभात अर्यालको आँगनबाट हराएको बा ७२ प ९५९८ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल खोजी गर्नेक्रममा सोही वडाको लामिछानेटोलमा चावी तोडेर लुकाईराखेको अवस्थामा बा ९० प ३३६० नम्बरको यामाहा आर १५ र बा ८५ प ११६९ नम्बरको २०० सिसिको पल्सर एनएस मोटरसाईकल फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
    लुकाईराखेको मोटरसाईकल पछि प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिको खोजी गर्दा तीन जना पक्राउ परेको र उनिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा वा ८५ प ११६९ नम्बरको मोटरसाईकल नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ४ का रुपेश बुढाथोकीको रहेको सो मोटरसाईकल चैत ८ गते काठमाण्डौं गोंगबुबाट चोरी भएको खुल्न आएको धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनु भयो ।
    पक्राउ परेका व्यक्तिहरु लामो समय देखि मोटरसाईकल चोरी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।